मकवानपुर
चलचित्र “ए ङाला ह्राङ्बा माया” ले पुस २० गते हेटौँडाबाट प्रदर्शन सुरु गर्ने तयारी गरेको छ । ओम्याक्स सिनेमा हलमा पहिलो शो प्रदर्शन गर्ने यसै चलचित्रका कलाकार ह्र्मकुमार तितुङले जन्मभूमि पोष्टलाई बताउनुभयो । तितुङ यस चलचित्रमा डेब्यु कलाकार समेत हुन् ।
लोसाङ लामा र इकेश लामाले निर्माण गरेको चलचित्रमा हुत्त सन्जय लामाको पटकथा र निर्देशन रहेको तथा विश्वजंग माझीको सहनिर्देशन रहेको छ । चलचित्र बिहान ११ बजेदेखि प्रदर्शन गरिने चलचित्र टिमले बताएका छन् ।
चलचित्र प्रेम, विछोड र द्वन्द्वको त्रीकोणात्मक कथामा आधारित रहेको निर्देशक एवं नायक हुत्त सञ्जय लामाले जानकारी दिनुभयो । यस अघि दर्जनौं तामाङ चलचित्र निर्देशन एवं अभिनय गरिसकेका लामाले ‘‘ए ङाला ह्राङ्बा माया” बाट पनि दर्शकहरुको माया पाउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।
चलचित्रमा हुत्त सन्जय लामा, सुनिता लुङ्बा, तारा थोकर, हेमकुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगिता बोम्जन, भुइशल लामा, मायादेवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन, राजकुमार बल, राम तामाङ, हिराबहादुर तामाङ, दिपेश मोक्तान, जगतबहादुर मोक्तान, अनिल ब्लोन, गोकुल तामाङ, विक्रम लामा, ऋतु लामा, लोक लामा, सिङ्गबहादुर मोक्तान, भिमबहादुर मोक्तान, राजकुमार ब्लोन, सिङ्गविर बल, फुर्ब बल, मनिका सिङ्तान, बाल कलाकारहरु कर्म लामा, छेवाङ मोक्तान, अरुना डिम्डुङ र पर्खाइ मोक्तान तामाङको अभिनय रहेको छ ।
चलचित्रका गीतहरु नायक लामा र सागर दोङ तामाङले लेखेका हुन् । गीतमा अर्पण थिङ तामाङले संगीत भरेका छन् । गीतमा संगीतकार तथा गायक अर्पण थिङ, गायिका बबिता पाख्रिन र लमु शेर्पाको आवाज सुन्न सकिन्छ । चलचित्रमा राजु दोङ तामाङको द्वन्द निर्देशन र मेकबहादुर थापाको सम्पादन रहेको छ । चलचित्रलाई प्रज्वल राउतले छायांकन गरेका हुन् ।
गत ६ गते आयोजित पत्रकार सम्मेलनमा यस चलचित्रको ट्रेलर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको थियो । साथै चलचित्र प्रदर्शन मिती तय भएको जानकारी दिइएको थियो । ट्रेलर एचएमएम मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
ट्रेलर हेर्नुहोस् ;