खान्दोके “हाम्मै सरि खैलाला” भिडियो सहित सार्वजनिक

  सागर तामाङ (जन्मभूमि संवाददाता)

काठमाडौं
खान्दोके सेलो गितको बजार दिनानुदिन बढ्दै गएको छ । विशेषगरि सिन्धुपाल्चोकका अधिकांश भेगमा गाउने मौलिक भाका खान्दोके सेलो विश्वभर फैलिरहेको छ । यस्तैमा लोकप्रिय गायक आस्मान लोप्चन र रोस्ना लुङ्बाको स्वरमा “हम्मै सरि खैलाला” बोलको गित भिडियो सहित सार्वजनिक भएको छ ।

एकपछि अर्को गर्दै खान्दोकेको पारखीहरुलाई नचाउँदै आएका गायक लोप्चनको आफ्नै शब्द, संगितमा सझिएको यस गितको एरेन्ज जोगलाल लामा, मिक्सिङ अर्पण थिङको रहेको छ ।

भिडियो तर्फ युवराज वाइबाको निर्देशनमा गायक लोप्चन आफैं, गायिका लुङ्बा, प्रीया मोक्तान, सञ्जिला लामा, सोनि लामा, विशाल लामा, समीर तामाङलाई फिचरिङ गरेको छ । त्यस्तै भिडियोलाई रोमाञ्चक र थप आकर्षक बनाउन चर्चित हाँस्यकलाकार कुइसाङ रुम्बा र अनिता नोगिले अभिनय गरेको छ । निशल पौडेलले खिचेको भिडियोलाई बिकास दहालले सम्पादन गरेका हुन् ।

भिडियोलाई क्लिक नेपाल युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

भिडियो ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार