सिन्धुपाल्चोक
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । जनताले पाउनुपर्ने सेवा सजिलै उपलब्ध गराउने उद्देश्यका साथ यसरी सेवा दिन थालेको वडा अध्यक्ष निल बहादुर तामाङले जन्मभूमि पोष्टलाई बताउनुभयो । मृत्यु दर्ता धेरैले स्थानीय तहमा घटना घटेको धेरै समय नगर्ने समस्या रहेकोमा आधिकारिक रुपमा यस्तो घटना सुन्न साथ उनले घरमै पुगेर मृत्यु दर्ता गर्ने गरेको छ । वडा अध्यक्ष तामाङ जनतालाई दिनुपर्ने सेवाहरु सहज रुपमा जसरी पनि दिनुपर्मे धारणा सहित अघि बढिरहेको छ ।
वडा सचिब र वडा अध्यक्षले दिने वडा सम्बन्धि अन्य विभिन्न सेवाहरु प्रत्येक आइतबार काठमाडौंबाट समेत सेवा दिँदै आएको छ । यसरी सहज रुपमा सेवा दिन वडा सचिब पुनम भण्डारीले विशेष योगदान पुर्याइरहेकोमा स्थानीय सेवाग्राही खुशी छन् ।
वडाका अनुसार जन्म, मृत्यु, विवाह, र बसाइँसराइ जस्ता व्यक्तिगत घटनाको दर्ता गर्न वडालाई जानकारी आएमा तत्काल पुगेर सेवा दिने समेत सबैमा जानकारीका लागि सुचित गरेको छ । व्यक्तिगत घटना दर्ता गर्ने ऐन अनुसार ३५ दिन भित्र तोकिए बमोजिम फारम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गर्नुपर्ने व्यवस्था रहेको वडा सचीव भण्डारीले बताउनुभयो । यदि ऐनमा तोकिएको बमोजिम दर्ता नगराएमा रु.५० देखि स्थानीय तहको कानुन अनुसार जरिवाना समेत लगाउने व्यवस्था छन् ।