जिल्ला अनुगमन समितिको बैठकले ३ दिन भित्र नदिजन्य पदार्थको स्टक प्रमाणित पठाउन काट्यो पत्र

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नदिजन्य पदार्थ अवैध रुपमा भण्डारण गरिएको गुनासो पश्चात् जिल्ला अनुगमन समितिको बैठक बसेको छ । आज समन्वय प्रमुखको कार्यकक्षमा बसेको बैठकमा दहत्तरबहत्तर को नियमन गर्ने सम्बन्धि छलफल भएको समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

जिल्ला समन्वयको कार्यालयले मिति २०८१/०४/१५ गते (च नः ७) पत्र काटेर २०८१/०६/१५ गते भित्र प्रत्येक स्थानीय तहहरुलाई बातावरण अध्ययन परिक्षण प्रतिवेदन पेश गर्न अनुरोध गरिएको थियो । त्यस्तै, मिति २०८१/०४/३२ गतेको पत्रानुसार क्रसर तथा वासिंग उद्योगको नदिजन्य पदार्थको स्टक प्रमाणित कागज पेश गर्न अनुरोध गरेपनि सो को विवरण हालसम्म पेश नगरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी विवरण हालसम्म पेश नगरेकोले पुन: ताकेता गर्न तथा नदिजन्य तथा खनिजजन्य पदार्थको उत्खनन संकलन र विक्री वितरण सम्बन्धी अनुगमन गर्न गठित जिल्ला अनुगमन तथा समन्वय समितिको आजको छलफलले निर्णय गरेको हो । “स्थानीय तहहरु बाट तयार गरिएको वातावरणिय अध्ययन प्रतिवेदन, नदिजन्य पदार्थको स्टक प्रमाणित रिपोर्ट र चालु आ.व मा ठेक्का लगाए / नलगाएको जानकारी र ठेक्का लगाएको हकमा ठेक्का सम्झौता प्रति समेत ३ दिन भित्र यस कार्यालयमा उपलब्ध गराईदिन बैठकको निर्णय अनुसार पत्र पठाएको छ ।
त्यस्तै बैठकमा मिति २०८१/०७/०६ गते प्राप्त सिन्धुपाल्चोक जिल्ला, बलेफी गाउँपालिका वडा नं. ४ र ५ मा पर्ने सानीटार र छातीखोला भन्ने स्थानमा अवैध रुपमा उत्खनन गरि ढुंगा गिट्टी विक्री वितरण गरिएको भन्ने गुनासो उपर पनि छलफल भएको जनाए ।

जिल्लाका दर्जनौं क्रसरहरुमा हजारौं टृप बालुवा, गिट्टी स्टक रहेकोमा हाल सम्म प्रमाणित गराएका छैनन् । त्यस्तै विभिन्न नदि किनारमा समेत हेभी इस्काइभेटर खडा राखी नियम विपरीत बालुवा उत्खनन गरि भण्डारण गरेर राखेको भेटिएको छ । यस्तो गतिविधिले लाखौं राजस्व छली हुने भएकोले तत्काल कडाइका साथ नियमन नगरिए अवैध क्रियाकलाप भैरहने देखिएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार