धरानमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारीमा कुनै काम नगर्न अदालतको अन्तरिम आदेश

नगरप्रमुख साम्पाङले मामाससुरा पर्ने वडाअध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक दिएका थिए ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ यति बेला बेलायत भ्रमणमा हुनुहुन्छ । नगरप्रमुख साम्पाङले आफू भ्रमणमा रहने अवधी सम्मका लागि भन्दै १४ नं. वडाका वडाअध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।

उक्त जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरीत भएको भन्दै साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत बिराटनगरले अन्तरिम आदेश दिएको छ । नगर उपप्रमुख आइन्द्रबिक्रम बेघाले आइतबार रिट दायर गरेपछि उक्त रिटमा न्यायाधीश ध्रुवराज नन्दको इजालसले नगरप्रमुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बताइएको छ ।

धरानमा उपप्रमुख हुँदा हुँदै वडाअध्यक्षलाई कार्यवाहक दिएपछि विवाद चर्किएको छ । नगरप्रमुख साम्पाङ स्वतन्त्रबाट जितेका हुन् भनें उपप्रमुख बेघा नेकपा माओवादी केन्द्रबाट बिजयी जनप्रतिनिधि हुन् । उनिहरु बिच विगत केहि समयदेखि विवाद हुँदै आएकोले पनि उपप्रमुखलाई कार्यवाहक नदिई मामाससुरा पर्ने वडाअध्यक्षलाई कार्यवाहक दिएको हल्ला धरानमा छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार