काठमाडौं
तामाङ मौलिक भाका खान्दोके सेलोको संरक्षण एवम् प्रबर्द्धनका लागि दुबाईमा खान्दोके सेलो नाईट हुने भएको छ। तिप्लिङ मिडिया हाउसको प्रस्तुति र सिन्धुपाल्चोक तामाङ समाज युएईको विशेष सहयोगमा खान्दोके सेलो नाईट ईन दुबाई यहि अक्टोबर १२ मा हुन लागेको हो। दुबाईको बरदुबाई स्थित क्लब Sk7 मा हुने खान्दोके सेलो नाईटमा गायक आस्मान लोप्चनको विशेष प्रस्तुति हुने छ। साथमा गायक ओम तामाङ र डिजे मैच्याङको पनि आ- आफ्नो प्रस्तुति हुनेछ। विशेष गरि मौलिक भाका खान्दोके सेलो प्रबर्द्धनमा गायक लोप्चनको जोड देखिन्छ। दुबाईमा हुने कार्यक्रम बेलुकि ८ बजेबाट सुरु हुने संयोजक अजय तामाङले जानकारि दिनुभएको छ।
त्यस्तै गरि तामाङ सेलोकै प्रबर्द्धनका लागि हाम्रो छिमेकि राष्ट्रि भारतको नयाँदिल्लीमा पनि नेपालि सेलो फेष्ट २०२४ हुने भएको छ। यहि अक्टोबर १४ का दिन हुने नेपाली सेलो फेष्टमा नेपाल बाट गायक आस्मान लोप्चन जाने भएको छ। साथमा गायिका लमु शेर्पाको प्रस्तुति रहने आयोजकले जानकारी दिनुभयो।
ड्रिम्स् डायरि ईन्टरटेन्टमेन्टको प्रस्तुतिमा हुने कार्यक्रम न्यू दिल्लिको हाउज खास भिलेजको द रिकर्डस् रुम क्लबमा सांझ ६ बजे बाट हुने संयोजक पासाङ लामाले जानकारि दिनु भयो। समग्र नेपाल र तामाङ सेलोलाई चिनाउन यि कार्यक्रम हुने लागेको आयोजकले बताउनु भएको छ।