हेटौंडामा हुने भनिएको “लाइभ सेलो साँझ-२०८१” स्थगित, अब कार्तिक ९ गते हुने

"एक तामाङ घर-एक डम्फु" भन्ने मूल नारालाई स्थापित गर्ने उद्देश्यका साथ कार्यक्रम हुन गइरहेको छ।

  प्रीतम कुमार तामाङ

काठमाडौं
यहि असोज १९ गते शनिबार हेटौंडाको पाल्पसा सदन हलमा गर्न गइरहेको “लाइभ सेलो साँझ-२०८१” स्थगित भएको छ। गत १० गतेको भीषण बाढीका कारण मकवानपुरमा समेत ठूलो धनजनको क्षति भै अतुलनीय असर पुगेको र सिंगो देशनै शोकमा डुवेका कारण साँस्कृतिक कार्यक्रम नगर्ने आयोजक ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लि. ले विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। विज्ञप्तिमा उक्त कार्यक्रमको समय सार्दै अब आउने कार्तिक ९ गते सोही स्थानमा नै गर्ने निर्णय समेत गरेको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा चर्चित गायक प्रकाश तितुङ तामाङ र चर्चित गायिका सुमिना लोको लाइभ सेलो प्रस्तुति हुनेछन्। कार्यक्रमलाई नेपाल तामाङ घेदुङ मकवानपुर र मकवानपुर तामाङ कलाकार संघले समन्वय एवं सहयोग गरेका छन्।

विस्तृतमा प्रेस विज्ञप्ति;

मिति : २०८१/०६/१५

हामीले “एक तामाङ घर-एक डम्फु” भन्ने मूल नारालाई स्थापित गर्ने उद्देश्यका साथ यहि असोज १९ गते आयोजना गर्न लागिएको “लाईभ सेलो साँझ-२०८१ कार्यक्रमको तयारीको अन्तिम चरणमा पुगिसकेका थियौं । यसै क्रममा गत असोज १० गतेदेखि परेको अविरल वर्षाले देशभर र विशेषगरी मकवानपुर जिल्लामा ठूलो जनधनको क्षति हुन पुग्यो । मकवानपुर जिल्ला सहित देश भरिका विभिन्न ठाउँहरुमा बाढी पहिरोमा परि दिवंगत हुनु भएका सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता नागरिकहरु छिटो भन्दा छिटो भेटियोस भन्ने कामना व्यक्त गर्दछौं ।

देश र जिल्ला अहिले विपत्तिमा रहेको अवस्थामा यस प्रकारको सांस्कृतिक कार्यक्रम आयोजना गर्नु उपयुक्त नदेखिएकोले यहि कार्यक्रमलाई आगामी कार्तिक ९ गते, शुक्रबारका दिन गर्ने गरि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा अनुरोध छ ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं।

धन्यवाद ॥

विक्रम लुङ्बा
कार्यक्रम संयोजक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार