जिसस सिन्धुपाल्चोकद्वारा बालुवा चोरी निकासी गर्ने ट्रीफर र स्काईभेटरलाई कारबाही

वर्षयाममा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन र ढुवानी गर्न प्रतिबन्ध रहेछ छ।

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
कानुन विपरीत बालुवा चोरी निकासी गरिरहेको ट्रीफर र स्काइभेटर नियन्त्रणमा लिएको छ। जिल्ला समन्वय सिन्धुपाल्चोकको प्रमुख बालकृष्ण श्रेष्ठका अनुसार पटकपटक गरि भोटेकोसी र इन्द्रावती नदीमा अनुमति बिना बालुवा उत्खनन गरिरहेको १ स्काईभेटर र ढुवानी गरिरहेको ९ ट्रीफर १ आइचारलाई जरिवाना सहित कारबाही गरेको हो।

मंगलबार नियन्त्रणमा लिएको ट्रीफरहरुमा बा ५ ख ३३२८, बा ५ ख ४९९७, बा ४ ख ६६१७, बा ४ ख ७३३६, बा ४ ख ५१३ र बा प्र ०१–००६ ख ३१९५ नम्बरको ट्रिपर र आइचरलाई नियन्त्रण लिइएको हो। यस अघि गत श्रावण १४ गते बा ५ ख ३११३, ञ प्र ००१–००४ क ३४१६, बा ३ ख ३४०४ र ञ प्र ००१–००६ ख १७९४ लाई प्रति ट्रीफर ३० हजार र २० हजार आइचरलाई जरिवाना गरेको जानकारी प्राप्त भएको छ।

यस अघि श्रावण ४ गते बाह्रबिसे नगरपालिका–६ बसेरीस्थित भोटेकोशी नदीमा नम्बर नखुलेको स्काभेटर र बा प्र ०३–०१–०६ ख १६८७ नम्बरको ट्रिपरलाई १ लाख र ३० हजार जरिवाना सहित कारवाही गरिएको थियो।

यसै गरि अवैध बालुवालाई सडकमा नियम विपरीत पानी चुहाउँदै ढुवानी गरेका बा ४ ख २८६, बा ४ ख ६९७१ नम्बरका ट्रिपरलाई १० हजारका दरले जरिवाना लिई समन्वय समितिले कारवाही गरेको छ। त्यस्तै, बा ४ ख ६०७२ र बा ४ ख ९४४० नम्बरको ट्रिपरलाई पनि १०÷१० हजार जरिवाना लिई कारवाही गरिएको छ ।

अवैध उत्खनन, चोरी निकासीलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले तदारुकताका साथ लागि परेको प्रहरी प्रमुख सन्तोष खड्काले बताउनुभयो। उनका अनुसार वर्षायाममा नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी प्रतिबन्ध रहेकोले यस्तो नगर्न सबैमा सुचित गर्नुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार