३८ औ तामाङ एल्बम दिवस सम्पन्न, तामाङ गितका जन्मदाता मोक्तान सम्मानित

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ कलाकार संघले ३८ औं तामाङ एल्बम दिवस एवं सम्मान कार्यक्रम मनाएको छ। चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको सभाहलमा सम्पन्न कार्यक्रममा तामाङ सेलोका जन्मदाताका रुपमा परिचित गायक संगितकार चाद्रकुमार मोक्तानलाई दोसल्ला ओढाएर सम्मान पत्र द्वारा सम्मान गरिएको छ। साथै मिस तामाङ २०२४ का विजेता एवं संघका सदस्य रिया लामालाई प्रशंसा पत्रद्वारा सम्मान गरेका छन्।

गायक मोक्तानले २०४२ साल फागुन १५ गते पहिलो एल्बम तामाङ ह्वाई भाग १ सार्वजनिक गरेका थिए। सोहि दिनलाई नै तामाङ एल्बम दिवसका रुपमा मनाएका हुन्।

को हुन् सम्मानित हुनुभएका तामाङ गितका जन्मदाता गायक मोक्तान?
गायक चान्द्रकुमार मोक्तानको न्वारनको नाम दावा वाङ्जु हो। बुबा पुर्ण सिं मोक्तान र आमा चमेली ङेसुर तामाङको काखमा बि.स. २०१२ असोज २९ गते रोशी गाउँपालिका १२ शिखरपुर काभ्रेमा उहाँको जन्म भएको हो। हाल उहाँ कुलेश्वर काठमाडौं बस्दै आउनुभएको छ।

मोक्तानको सांगीतिक यात्रा;
बि.सं. २०३७ सालमा रेडियो नेपालको फुलबारी कार्यक्रमबाट तामाङ गित गाउन सुरुवात गरेका मोक्तानले २०४१ मा रेडियो नेपालको स्वर परिक्षा उतिर्ण गर्नुभयो। २०४२ फागुन १५ मा उनले पहिलो एल्बम तामाङ ह्वाई भाग १, २०४५ मा तामाङ ह्वाई भाग २, २०५२ मा तामाङ धुन संग्रह (तामाङ काई ह्राप), २०५५ मा तामाङ ह्वाई डाङ लगायतका थुप्रै एल्बमहरु रेकर्ड गराएका थिए।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार