लण्डन बसाईको उपहार स्वरुप गायक आस्मानले ल्याए जाउ हिड लन्डन खान्दोके

  प्रीतम कुमार तामाङ

काठमाडौ
गायक आस्मान लोप्चन र गायिका रोश्न लुङ्बाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो “जाउ हिड लन्डन” को भिडियो सार्वजनिक भएको छ। गायक लोप्चनले गत २०२३ को जनवरीमा युके लन्डनको सांगीतिक कार्यक्रममा बिताएका पलहरुको सम्झना एवं त्यहाँ पाएको मायाको सम्मान स्वरुप यो गित ल्याएको बताउँछन्।

उनले जन्मभूमि पोष्टलाई कुराकानीका क्रममा भन्नुभयो, “लन्डनको माया भुलिनसक्नुको छ, जुन संधै ताजा होस् भन्ने उद्देश्यले गितको थेगो नै मायाको बन्दन, जाउ हिड लन्डन भनेंर राखेको हुँ।”

गितको शब्द/संगित संकलन गायक स्वयमले नै गरेका छन्। गितको एरेन्ज जोगलाल लामा र मिक्सिङ अर्पण थिङको रहेको छ। त्यस्तै भिडियोमा बुद्ध लामा तितुङको निर्देशन, बाबू सेन्चुरीको कोरियोग्राफी, त्रीलोक लामाको छायांकन, सम्पादन रहेको छ।

भिडियोमा तामाङ मौलिकपनलाई चुस्त दुरुस्त देखाउन निर्माण पक्षले भरपुर कोशिस गरेको छ।

गितको भिडियोलाई अझ रोचक बनाउन तामाङ सोसाइटी अफ युकेका महासचिव मणि तामाङ र उहाँका धर्मपत्नी कला तामाङले पनि अभिनय गर्नुभएको छ। भनें मुख्य भुमिकामा नायिका सुस्मा मोक्तानलाई देख्न सकिन्छ।

भिडियो;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार