समाजसेवीद्वय श्रेष्ठ र आचार्यद्वारा छात्रवृत्ति अक्षयकोषलाई २ लाख बढी सहयोग

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका वडा नं. १ स्थित वनकाली आधारभुत विद्यालयको ४५ औं जन्मोत्सव गत मंगलबार सम्पन्न भएको छ। यसै अवसरमा विभिन्न दानी व्यक्तित्वहरुले गरिब, जेहेन्दार तथा पिछडिएका वर्गलाई शिक्षा लिन सहयोग गर्ने उद्देश्यका साथ स्थापित छात्रवृत्ति अक्षयकोषमा नगद सहयोग गरेका छन्। यस्तैमा युवा व्यवसायी, समाजसेवी एवं युवा नेता रामभक्त श्रेष्ठले मात्रै उक्त कोषमा नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै युवा समाजसेवी राजकुमार आचार्यले १ लाख सहयोग गर्ने घोषणा गरेको छ।

समाजमा दुखी, पीडितलाई आइपर्ने समस्या एवं शैक्षिक क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने आफ्नो धारणा रहेको श्रेष्ठले बताए। यसअघि पनि श्रेष्ठले विभिन्न रोगका बिरामीहरुलाई, निम्न आर्थिक स्थिति हुने व्यक्तिहरुलाई देखि वृद्ध आश्रममा समेत सकेको नगद, खाद्यान्न, लत्ताकपडा सहयोग गर्दै आएका छन्।

समाजसेवी रामभक्त श्रेष्ठ

सोही अवसरमा उहाँ हरु सहित राधाकृष्ण श्रेष्ठले ५० हजार, नेवा गुठि समाजबाट ३० हजार, धिर्ज बहादुर कायस्थले ५ हजार ५ सय ५५, रामलाल श्रेष्ठले ५ हजार ५ सय ५५ र रविन्द्र खड्काले ३ हजार ३ सय ३३ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयको वार्षिकोत्सवमा प्रदेश माननीय अमृता नेपालको प्रमुख आतिथ्यता एवं गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष हुपबहादुर खड्काको विशेष आतिथ्यता रहेको थियो। त्यस्तै स्थानीय बुद्धिजिवी, शिक्षाप्रेमी, समाजसेवी, विद्यालय परिवार, भूतपूर्व विद्यार्थीका साथै अभिभावकहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार