दान गरेको रगत नि:शुल्क गर्ने पक्षमा काम भैरहेको छ : स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत

  जन्मभूमि संवाददाता

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत विरामीले उपचार गराउँदा नि:शुल्क पाउनु पर्ने बताएका छन्। नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार बागबजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले विरामीले आवश्यक पर्दा रगत नि:शुल्क पाउनु पर्ने बताएका हुन ।

 

मन्त्री बस्नेतले भने, ‘ दान गरेको रगत नि:शुल्क हुनु पर्छ । नि:शुल्क गराउने पक्षमा काम भइरहेको छ । म ब्लड ब्याग समेत नि:शुल्क हुनु पर्छ भन्ने पक्षमा छु । ’ रगतको अभाव हुन नदिन संघले आयोजना गरेको कार्यक्रम प्रशंसनिय भएको बताउदै मन्त्री बस्नेतले आफू पनि हरेक प्राकृतिक बिपत्तिका बेला रक्तदान अभियानमा संलग्न भएको स्मरण गर्दै कोभिड १९ का बेला मात्र देशका विभिन्न ४० भन्दा बढी जिल्ला पुगेर सयौं वटा रक्तदान कार्यक्रम आयोजना गरेर हजारौको ज्यान बचाएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफुले गरिव र विपन्नको उपचार नि:शुल्क गराउन हरेक अस्पतालमा १० प्रतिसत शैया विपन्नका लागि नि:शुल्क गराएको र देश भरिका संघीय अस्पतालको जनरल बेड नि:शुल्क गराएको दावी गरे । कार्यक्रममा मन्त्री बस्नेतले रक्तदाताहरुलाई प्रसंसा पत्र वितरण गरेका थिए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार