भुकम्पमा घाइते हुनेहरुको सरकारले नि:शुल्क उपचार गर्छ – मन्त्री बस्नेत

  जन्मभूमि संवाददाता

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा हिजो भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले नि: शुल्क उपचार गर्ने बताएका छन् । शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए ।
मन्त्री बस्नेतले भने, ‘त्यही उपचार गर्नु पर्ने घाइतेहरुको उपचार त्यही गर्छौ । त्यहाँ उपचार संभव नहुनेलाई हेलिकोप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौ । उपचारमा कुनै कमि हुने छैन । ’ मन्त्री बस्नेतले आफू स्वास्थ्य मन्त्रीभएदेखि नै पैसाको अभावमा कुनै पनि नेपालीले ज्यान गुमाउनु पर्दैन भन्दै आइरहेकोले प्राकृतिक विपत्तिका बेला पनि सरकारले उपचारमा कुनै कमि नगर्ने दावी गरे ।
मन्त्री बस्नेतले जाजरकोट र रुकुममाको अवस्था हेरेर उपचारमा लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयका विज्ञहरुसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए । जाजरकोट र पश्चिम रुकुममा हिजो राती आएको भूकम्पमा परेर अहिलेसम्म १२० भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सयौं घाइते भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आजै बिहानै जाजरकोट पुगिसकेका छन् ।

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार