टिकटक वाली व्युटी रंगेहात पक्राउ परेपछि…(भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
जमाना टिकटक, फेसबुक, युट्युब कै छ। जसले यी सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो उसको वर्तमान निकै लोभ लाग्दो भैरहेका छन्। जसले यसको गलत दुरुपयोग गर्यो उसको जीवन नर्क पनि बनिरहेका छन्। हिजोआज टिकटक, फेसबुक नचलाउने निकै कमै छन् होला। यस्तैमा टिकटकबाट चर्चा कमाएकी एक सुन्दर व्युटीले कसरी युवाहरुलाई आफ्नो बसमा पार्छन् र अन्तमा समाजमा उनको वास्तविकता के हुन सक्छ भन्ने काल्पनिक विषयबस्तुलाई आधार बनाएर बनाएको “टिकटक वाली व्युटी” को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिहिवार जोरपाटी स्थित सेनोर हाउसमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा नायक इश्वर लामाको सभापतित्व, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यता एवं नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका उपाध्यक्ष थुप्तेन ग्याल्बो लामा र जुगल ६ का पुर्व वडा अध्यक्ष जंग तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

साजन मोक्तानको शब्द, प्रयास दोङको संगित, सानुबाबु घिसिङको एरेन्ज अनि गायक प्रदिप घ्लान र गायिका जितु लोप्चनको स्वरमा सझिएको यस गितको अडियो यस अघि नै युट्युब र टिकटकमा निकै भाइरल छ। सेलो धुनमा नेपाली शब्द रहेकोले पनि गितलाई सबै नेपालीले रुचाएको भन्न सकिन्छ।

भिडियो तर्फ प्रतीक न्यासुरको निर्देशनमा नायक इश्वर लामा र नायक प्रेम गोलेको साथमा मोडल याङ्की दोङले उत्कृष्ट अभिनय गरेका छन्। उनिहरुको नृत्य अभिनयमा खोट लगाउने खासै ठाउँ देखिन्न। भिडियोको छायांकन राम केसीले गरेका छन् भनें सम्पादन अमृत चापागाईंले गरेका छन्।

भिडियो हेरेपश्चात् प्रमुख अतिथि प्रताप सिं तामाङले नेपाली भाषा, भेषभुसा, संस्कार संस्कृतिलाई जोगाए मात्र विकास सम्भव रहेको बताउनुभयो। हाम्रो कलालाई पर्यटन तर्फ जोडेर अघि बढेमा आर्थिक रुपमा पनि अघि बढ्ने बाटोहरु प्रशस्तै रहेको उनको धारणा छ। साथै, उनले गितको भिडियो तर्फ जोड्दै हाल टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको चर्को दुरुपयोग भैरहेको बताए। अहिले यी एप्लिकेसनहरु गाली गर्ने माध्यम र अरुको चरित्र हत्या गर्ने माध्यम मात्रै त बन्ने हैन भन्ने शंका उत्तिकै रहेको उनको भनाइ छ। कार्यक्रममा उहाँ लगायत अन्य महानुभावहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार