जब मन्त्री बस्नेतले मन्त्रालयको कामको बृफिङ गर्नुहुन्छ सबै मन्त्रीहरुको आङ जिरिङ्ग हुन्छ- प्रचण्ड

मन्त्रीपरिषदको सबैभन्दा बढी डाइनमिक र इनरजेटिक मन्त्री हुनुहुन्छ : प्रधानमन्त्री

  प्रीतम कुमार तामाङ

काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री आफ्नो मन्त्रीपरिषदमा सबैभन्दा बढी डाइनमिक र इनजेटिक मन्त्री भएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताए । स्वास्थ्य मन्त्री बस्नेतले गरेका स्वास्थ्य सुधारका कामबाट मन्त्री परिषद्का सदस्यहरु समेत निकै प्रभावित भएको बताउदै प्रधानमन्त्री दाहालले भने, ‘ क्याविनेटमा स्वास्थ्य मन्त्रीले आफुले गरेका कामको ब्रिफिङ गर्दा उहाँको काम देखेर सबै मन्त्रीहरुको आङ नै जिरिङ्ग हुने बताउनुभयो ।

स्वास्थ्य मन्त्री बस्नेतको स्वास्थ्य सुधारको योजना र कार्यशैलीबाट आफू प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण आफू हौसला प्रदान गर्न कार्यक्रममा आएको प्रधानमन्त्री दाहालले बताए । सबै मन्त्रीहरुसँग आफुले कार्यसम्पादन सम्झौता गरेको जानकारी दिदै मन्त्री बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले १०० प्रतिसत सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । नेपालको नर्सिङ क्षेत्रमा निकै समस्या रहेको औल्याउदै प्रधानमन्त्रीले यसमा नितिगत सुधार गरेर पढ्नका लागि विदेश जानु पर्ने र त्यतैबाट रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपरेको बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले १०० दिनको कार्यकालमा आफूले विपन्नको निशुल्क उपचारका लागि संघीय अस्पतालका साडे ३ हजार बेड निशुल्क गरेको, भिआईपी तथा भिभिआईपीका लागि वीर अस्पतालका उपचार कक्ष थप गरेको, वित्ति रणनीति र स्वास्थ्य रणनीति पास गरेको, निजी अस्पतालमा समेत १० प्रतिशत बेड विपन्नका लागि निशुल्क गर्नै पर्ने व्यवस्था कडाइका साथ लागु गरेको लगायतका काम गरेको बताउदै आउदो ६ महिनामा जनताले महसुस हुने गरि स्वास्थ्यमा सुधारका काम गर्ने दावी गरे ।

कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्यका नीति बनाउदा योजना आयोगले सहजिकरण गर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा मन्त्रालयले धेरै काम अगाडि बढाएको बताउदै नेतृत्व गतिलो भएपछि कर्मचारीले दायाँबाया गर्ने अवस्था नआउने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न अस्पतालका कर्मचारी, चिकित्सक, दातृ निकायका प्रमुखहरु सहितको ठूलो सहभागिता थियो ।

भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार