नयाँ वर्ष संगै आस्मान र रोस्नाको नयाँ सेलो कोशेलि खाल्दा निबारि

  जन्मभूमि संवाददाता

काठमाण्डौं
२०८० सालको नयाँ वर्षको नयाँ सेलो कोसेली
गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको “खाल्दा निबारी” भिडियो सहित सार्वजनिक भएको छ। बैशाख १ गतेका दिन Opera Digital युट्युब च्यानलबाट सो गित सार्वजानिक भएको छ।

नयाँ बर्षको दिन सार्वजानिक भएको तामाङ सेलो गितको भिडियो मकवानपुर जिल्लाको विभिन्न स्थान मनहरि पिस पार्क, हेटौंडा पदमपोखरि बनस्पति आसपासमा छायांकन भएको हो।

Opera Digital को प्रस्तुतिमा बनेको भिडियोलाई Click Nepal ले सहकार्य गरको छ। खाल्दा निबारि बोलको गितको शब्द रचना कुमार स्याङबाले गरेका हुन भने संगित विशाल काल्तानले दिएका छन् । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको संगित संयोजन र ध्वनि सम्पादन कर्साङ लामाले गरेको हो।

भिडियोमा तामाङ चलचित्रका नायक बिक्रम लुङ्बा, गायक आस्मान लोप्चन र मिसेस तामाङ मकवानपुरका First Runner Up बिन्दु रुम्बाको नृत्य र अभिनय देख्न सकिन्छ । कल्लाई जाने हो ? दाईलाई जाने हो कि तिमि भाईलाई जाने हो , गितको थेगोले यहि भनेको छ । दुई दाजु भाईले बिन्दुलाई आफ्नो बनाउने अनेक प्रयास गर्दा बिन्दुले भाउ खोज्दै बाउ मातिको धाक लगाउदा हुने नतिजालाई भिडियोमा उतारेको छ। हाम्रो समाजमा फुर्ति लगाउदा सुर्ति खाईन्छ भन्ने उखान संग ठ्याक्कै मिल्दो जुल्दो हुने गरि भिडियोको अन्तिममा बिक्रम र आस्मानले बिन्दुलाई एक्लै छोडेर जाँदै गर्दा बिन्दु रुदै भागेर पछ्याउदै गर्दा गर्दै भिडियो सकिन्छ।

बज्र ङ्येसुरले खिचेको भिडियो बिक्रम लुङ्बाले सम्पादन गरेका हुन् भने रंग संयोज बज्रलेनै गरेको हो। भिडियोको निर्देशन , निर्देशक हेरुका लामाल गरेका छन् ।

सेलो गित संगितको कुरा गर्ने हो भने गायक आस्मान लोप्चन र रोस्ना लुङबाको जोडि बिशेष गरेर खान्दोके सेलोमा जमेका जोडि हुन् । आस्मान र रोस्नाको सहकार्यलाई सरसर्ति हेर्ने हो भने यो यि दुईको ८ औं सहकार्य हो ।

सिन्धुपाल्चोक बाट उदायका गायक गायिका अहिले काठमाडौंमा रहेर गितसंगितलाई निरन्तरता दिरहेका छन् । मौलिक सेलो त्यस माथि विशेष गरेर खान्दोके सेलो गायरनै देश बिदेश घुमेका गायक आस्मान लोप्चन मौलिक गित संगितलाई सधैं पहिलो प्राथमिकतामा राख्ने गर्छन् । यहि बर्ष सोनाम ल्होछार २८५९ को लागि बेलायत (UK) सांगितिक भ्रमणमा पुगेका गायक लोप्चनले बेलायतका विभिन्न सहरमा चार सांगितिक कार्यक्रम गरे । दुबई, मलेशिया र सिंगापुर समेत पुगिसकेका गायक आस्मानले सेलो गित संगित संगै अब सबैखाले नेपालि गित गाउने बताएको छ । अब छिट्टै गायिका रचना रिमाल संगको नेपालि गित सो माया सोसित भिडियो समेत आउने बताए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार