भोटेकोसी पारीका विकट गाउँ बस्ती जोड्ने मोटरेबल पुलका लागि डिपिआर

  प्रीतम कुमार तामाङ

भोटेकोसी
मित्रराष्ट्र चीनको सीमामा पर्ने बोक्चेन, नाम्थाङ र छेताङ भोटेकोसी पारिका बिकट बस्ती हुन् । विकास पूर्वाधार परको कुरा, राज्यको नजरमा यी गाउँ कहिल्यै परेनन् । शेर्पा समूदायको बाहुल्य रहेको यी हिमाली गाउँमा तीन सय ५० घरपरिवार परम्परागत खेतीपाती र पशुपालन गरेर बसेका छन् ।

सीमाना नजिकै डाँडापारि विशाल चीनको खासा बजार छ । नेपालतर्फ पारिपटि तातोपानी बजार । व्यापारका लागि मितेरीपुल कुदिरहेका कन्टेनर र तिनले बजाएको साइरन सुनेर रमाउने यहाँका स्थानीयको दिनचर्या पीडादायी छ । भोटेकोसी नदी तरेर गाउँ पुग्नु उनीहरुका लागि युद्ध जितेसरह हुनेगर्छ । विशेष गरेर वर्षा याममा भोटेकोशी नदीको बहाब बढेर राखिएको अस्थायी संरचना( पुल) पनि झिक्न पर्दथ्यो , जस कारण लगभग ४ महिना गाउँलेहरू निकै मार मा बस्न बाध्य पर्दथ्यो ।
छिमेक मिलेर यसअघि सरकारका हरेक निकायलाई बाटो र पुल बनाउन पटकपटक अनुरोध गरेका थिए । तर, कसैले सुनुवाइ गरेनन् । जनताको पिरमर्का बुझ्ने कोही न कोही त हुने रहेछ । जब स्थानीय सरकारको दोस्रो कार्यकाल सुरु भयो तब भोटेकोसी पारिका तीन गाउँका स्थानीयको मुहारमा खुसी भरिएको छ । स्वतन्त्रमा उठेर चुनाव जितेका वडाध्यक्ष युवा नेतृत्व निमा सोना शेर्पाले बिकट गाउँमा मोटरबाटो तयार गरेर गाउँलेको मुहारमा पहिलो खुसी भरे ।

यसपटक भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र ३ नं. वडाका अध्यक्ष निमा सोनाले बिकट गाउँको पीडालाई गहिरोसँग आत्मसात गरेर पक्की पुल बनाउने निर्णय गरेका छन् । तातोपानीको १० किलो क्षेत्रबाट बोक्चेन जाने पक्की पुलको डिपिआर तयार पार्न १० लाख बजेट विनियोजन गर्ने निर्णय भएपछि स्थानीयले भोटेकोसी सरकार र पालिका अध्यक्षलाई धन्यवाद दिएका छन् । स्थानीय सरकारको यो निर्णयले गाउँमा खुसीयाली छाएको नेपाल चेम्बर अफ कमर्स भोटेकोसीका अध्यक्षसमेत रहेका समाजसेवी फुनु शेर्पाले बताए । ‘मोटरेबल पुल बनाउन डिपिआर गर्ने स्थानीय सरकारको निर्णय स्वागतयोग्य छ । जसले जनताको वास्तविक पीडालाई सम्बोधन गरेको छ,’ उनले भने । पक्कीपुल नहुँदा भोटेकोसी पारिका पॅाच गाउँका नागरिक बर्खामा बजार आवतजावत गर्न निकै कठिन हुने गर्दथ्यो । डिपिआर तयार भएपछि तत्काल बजेट बिनियोजन गरेर पक्कीपुल बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष र वडाध्यक्ष शेर्पाद्वयको भनाइँ छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार