भोलीदेखि तामाङ फिल्म “म्युङ पुजू” जिग्मे मिडिया युट्युबबाट हेर्न सकिने

  जन्मभूमि संवाददाता

काठमाडौं
लोकप्रिय तामाङ कथानक चलचित्र “म्युङ पुजू” यहि फागुन १९ गते शुक्रबारका दिन देखि जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्बजनिक हुने भएको छ । निर्माण पक्षले जानकारी दिए अनुसार यो चलचित्रमा घमण्डपनले गर्दा आफ्नै परिवारमा कसरी फाटो आउँछ भन्ने कहानि आधारित रहेको बताएका छन । त्रीकोणात्मक कथाबस्तुमा आधारित यो चलचित्र हेर्ने दर्शकहरुबाट निकै उत्कृष्ट प्रतिक्रिया पाएका थिए ।

यस चलचित्रमा प्रमुख पात्रको रुपमा नायकको भुमिकामा प्रेम गोले तामाङ, ईश्वर लामा तथा नायिकामा सुस्मा मोक्तान र डोल्मा तामाङ रहेको छ । कान्छीमाया गोलेको निर्माणमा बनेको म्युङ पुजूमा आमाको भुमिका समेत उनैले निभाएका छन । साथै भुईसल लामा र राज कुमार स्याङ्तानलाई पनि मुख्य पात्रको रुपमा देखिन सकिन्छ ।

अजय स्याङ्तानको निर्देशनमा बनेको यस चलचित्र तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा बनाएका हुन । बिक्रम मोक्तानले छायांकन गरिरहेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबा तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै अन्य कलाकारहरुमा वीर बहादुर स्याङ्तान तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

चार वटा गित संगित समेटिएको चलचित्र म्युङ पुजूमा निमा दोङ र प्रयास दोङको संगित रहेको छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लोप्चन र सुरेश लामाले आवाज दिएका छन । चलचित्रको सबै गित कुमार स्याङबाले रचना गरेका हुन ।

चलचित्रको धेरै दृश्यहरु सिन्धुपाल्चोकको रमणीय स्थलहरु तातोपानी, डल्लेपोखरी, बलेफी डाँडागाउँ, धुस्कोट, बाह्रबिसे, मुडे लगायत ठाउँहरुमा छायांकन गरिएको छ भने काठमाडौं वरपरका दृश्यहरुलाई पनि समेटिएको छ ।

यस चलचित्रका सम्पूर्ण बजार ब्यबस्थापानको जिम्मा निर्माण पक्षले जिग्मे मिडिया प्रोडक्सनलाई दिएका छन ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार