नेता बस्नेतले दिएको वचन पूरा गर्न पुर्व अरनिको अध्यक्ष केदार क्षेत्रीको साथ

  जन्मभूमि संवाददाता

काठमाडौं
केही हप्ता अघि बानेश्वर स्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका स्वर्गीय प्रेम प्रसाद आचार्यको श्रीमति नानुका अधिकारी आचार्यलाई जागिर र दुई छोरीहरुलाई ब्याचलर सम्म निशुल्क पढाईदिने कार्य अघि बढेको छ । उक्त दु:खद घटना घटेको केहि दिनपछि पुर्व मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं. २ का माननीय मोहनबहादुर बस्नेतले मृतक आचार्यको परिवारलाई भेटेरै उक्त प्रतिबद्धता जनाउनु भएको थियो ।

सो प्रतिबद्धतामा पुर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष एवं युवा नेता केदार क्षेत्रीले साथ दिएका छन् । क्षेत्रीले शुक्रवार नेता बस्नेत र स्वर्गीय आचार्यकि पत्नी सहित दुई छोरीहरुलाई समेत कार्यालयमै उपस्थित गर्नुभै सो कार्यहरुको जिम्मा लिएका हुन् । अध्यक्ष क्षेत्रीले आचार्य पत्नी नानुका आचार्यलाई दक्षता अनुसारको जागिरका लागि नियुक्ति पत्र प्रदान गरेका छन् । साथै २ ओटा छोरीहरुलाई बेचुलरसम्म पायक पर्ने विद्यालायमा निशुल्क पढाईदिने जिम्मा लिएको बताउनुभयो ।

स्वर्गीय आचार्य पत्नी नानुकालाई नियुक्ति गरेको पत्र

उक्त कार्यक्रममा बोल्दै नेता बस्नेतले यो महान सहयोगका लागि विशेष गरि प्रालिका अध्यक्ष केदार क्षेत्री र पुर्व अरनिको यातायात प्रालिलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । उनले स्वर्गीय आचार्यको परिवारलाई पछि पनि कुनै अप्ठ्यारो परेमा वा आवश्यक परेमा सकेको साथ सहयोग गर्ने वचनबद्दता जनाउनुभयो ।

पुर्व अरनिको यातायात बिसौ वर्षदेखि सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, काभ्रे लगायतका जिल्लाहरुमा सार्वजनिक यातायातको सेवा दिँदै आएको उत्कृष्ट यातायात कंपनिको रुपमा परिचीत छन् । जसका नव नियुक्त अध्यक्षमा केदार क्षेत्री निर्वाचित हुनुभएको थियो । क्षेत्री सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार