धेरै जनाको मन मिल्यो भनें बिकास गर्न समय लाग्दैन – माननीय मोहनबहादुर बस्नेत

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको बाह्रबिसे नगरपालिका – ७, घुम्थाङ स्थित श्री सरस्वती शंकर माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेत सहभागी हुनुभएको थियो ।

नेता बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै धेरै जनाको मन मिले मात्रै पनि हरेक क्षेत्रको बिकास गर्न समय नलाग्ने बताउनुभयो । उनले मन्तव्यको क्रममा भन्नुभयो, “हामीले कोभिडका बेला जनता बचाउन सरकार असफल भैरहेको थियो, तर मनकारी साथीहरु मिलेर चिनबाट अक्सिजन सिलिन्डर ल्याउन सफल भयो । त्यति मात्रै हैन, १७ वटा कोभिड उपचार केन्द्र स्थापना, गाउँगाउँमा सेनिटाइजर, मास्क, पिपिईसेट, आइसोलेसन बेड निशुल्क वितरण गर्यौं । साथै सिन्धुपाल्चोक जिल्लाभरका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकहरुको कोभिड बिमा गर्यौं । यो सब मन भएकाहरु मिलेर नै सम्भव भएको थियो । त्यसैले पनि मन भयो भनें यहाँ कुनै सरकार वा नेताको मुख ताकिरहनुपर्दैन । जुन आज शंकर जिले गरेर देखाईदिनुभएको छ ।”

नेता बस्नेतको उपस्तिथिमा स्थानीय व्यवसायी एवं समाजसेवी शंकर श्रेष्ठद्वारा व्यक्तिगत लगानीमा खरिद गरिएको २ रोपनी ८ आना जग्गामा निर्मित ८ कोठे भवनको हस्तान्तरण समेत गर्नुभयो । भवन निर्माणमा समेत श्रेष्ठको १ करोड २० लाख लगानी परेको छ । श्रेष्ठले आफ्ना
स्वर्गीय मातापिताको सम्झना स्वरुप शिक्षा क्षेत्रमा यस्तो पुन्यको काम गर्नुभएको हो । उनका पिता सोही विद्यालयका संस्थापक स्व. तिर्थ बहादुर श्रेष्ठ “कोटे” तथा माता स्व. शुभद्रा देवि श्रेष्ठको सम्झनामा उनले यस विद्यालयलाई निरन्तर सहयोग गर्दै आएका छन् । यसैले पनि विद्यालय परिसरमा उहाँहरुको शालिक समेत निर्माण गरेका छन् । कार्यक्रममा विशेष अतिथिका रुपमा नगर प्रमुख बालकृष्ण बस्नेत उपस्थित हुनुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार