माननीय बस्नेतले आत्मादाहा गरेका प्रेम आचार्यका परिवारलाई यति ठूलो सहयोग गर्दै

  जन्मभूमि संवाददाता

काठमाडौं
आत्मादाहा गरेर आफ्नो ज्यान गुमाएका प्रेम आचार्यको टुहुरा छोरीहरुको पठनपाठन एवं आचार्यकि श्रीमतीलाई रोजगारको ग्यारेन्टी लिनुभएको छ । उहाँले आजै आफ्नो फेसबुक पेज मार्फत उक्त कुराको एक वक्तव्य सहित सार्वजनिक गर्नुभएको हो । देशैभर परेको बेला सकेको सहयोग गर्न पछि नपर्ने नेताको छवि बनाएका बस्नेतले दुखमा परेका, पिडामा परेका हरेक नागरिकलाई साथ दिंदै आएको छ ।

हेर्नुहोस् उहाँको वक्तव्य :

प्रेम आचार्यजीका टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता सहित स्व. प्रेम आचार्यजी प्रती भावपुर्ण श्रद्धाञ्जली! परिवारजन, आफन्तजन र उहाँको निधनप्रती शोकाकुल सम्पुर्णमा गहिरो समवेदना!!
नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्य जीले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मादाहाको प्रयास गर्नु एक दुःखद् घटना संगै हामीलाई जनजिविकाका हरेक आयामहरुमा जिम्मेवार हुनको निमित्त सुसूचित गराउनु हो । अहिले म आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-२ का विभिन्न विद्यालय लगायतका विभिन्न स्थलहरुमा वार्षिकोत्सब र ल्होछार विशेष कार्यक्रममा व्यस्तताका कारण स्वर्गीय आचार्यजीका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्नको लागि उपस्थित हुन सकिरहेको छैन काठमाडौं आउना साथ उहाँहरुलाई भेट्ने नै छु तर अहिले यस विज्ञप्ति मार्फत प्रतिनिधि सभा सदस्य, पुर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसको एक सिपाहीको हैसियतले आचार्यजीको पारिवारिक परिदृष्य र देशको वर्तमान माननीय गृहमन्त्री रवि लामिछाने ज्युले पिडित परिवार र आफन्तहरु संगको भेटका क्रममा छोरीहरुको पठनपाठन सम्बन्धमा उहाँहरुका आग्रहलाई वेवास्था गर्नुभएको लाईभ भेटघाटको भिडियो सामाग्रीलाई मध्यनजर गर्दै उहाँका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता जाहेर गर्दछु । जहाँ पीडा हुन्छ, जहाँ दु:ख पर्छ, जहाँ आपत्ती र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचान संगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो,भुकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरु लगायत ३२ वर्षको निशुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दु:खको घडीमा सहयोगका खातिर टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु ।
जय नेपाल!
मोहन बहादुर बस्नेत
नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, पुर्वमन्त्री
प्रतिनिधि सभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं- २

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार