माननीय बस्नेतको टिमले चुनाव जितेको २ हप्तामै प्रतिबद्धता पूरा गराउन सुरु गरे

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बोलेको कुरा पूरा गराएरै छाड्ने नेताको रुपमा परिचीत पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेतले आफ्नो चुनाव अघिका प्रतिबद्धताहरु पूरा गराउन सुरुवात गर्नुभएको छ ।नेता बस्नेतकै पहलमा गत २०७८ असारमा आएको बाढिले बगाएको मेलम्ची हुँदै पाँचपोखरि, नवलपुर, चौतारा, ज्यामिरे जोड्ने भत्किएको पुलको सर्भे गरिएको छ । त्यस्तै फट्टे हुदै दुबाचौर-शेर्माथान जोड्ने पक्की पुल निर्माण र तालामाराङ हुँदै दुवाचौर जोड्ने पक्की पुल निमार्णका लागि पनि सर्भे थालिएको छ ।


मेलम्ची खोलामा बगाएको पुललाई तत्काल बेलिबृज निर्माण गर्ने गरि सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख सहित प्राबिधिकको टिमलाई क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का माननीय कृष्ण कुमार तामाङ (समिर) र मेलम्ची नगरप्रमुख आइतमान तामाङ लगायत स्थानीय नेताहरुले सहजीकरण गर्नुभएको छ ।


“मैले गरेका प्रतिबद्धताहरूलाई पूरा गर्ने क्रममा म स्वयंको समन्वय तथा पहलमा सडक डिभिजन कार्यलय चरिकोटका प्रमुखसहितको प्राविधिक टोलीले मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने बेलीब्रिज यथाशीघ्र निर्माण गर्नको निमित्त सर्वेको लागि पुल निर्माण स्थलमा पुग्नको निमित्त अनुरोध गरेको थिएँ’, बस्नेतले भनेका छन् ।

साथै उनले भनेका छन्, ‘तपाईं सम्पूर्णलाई हामीले जसरी मत मागेका थियौं, त्यसैगरी निर्वाचित हामीहरूसँग निर्धक्क रुपमा विकासको मागसँगै समृद्धि र सुशासनको निमित्त सहकार्य गर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु ।’

सिन्धुपाल्चोकमा मात्रै नभै देशैभरी बिकासप्रेमी नेता एवं समाजसेवी नेताको छवि बनाएका बस्नेतले चुनाव आघी निकै जनप्रीय तथा लोकप्रिय योजनाहरु अघि सार्नुभएको थियो । उहाँलाई जिल्लामा चुनाव हारेपनी जितेपनी संधै जनताको सेवामा कुनै कसर बाँकी नराख्ने दुर्लभ राजनीतिककर्मीको रुपमा उदाएको नेताको रुपमा लिईन्छ । यसैले पनि उहाँले आफ्ना प्रतिद्वन्द्वीलाई निकै ठूलो मतान्तरका साथ जित्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार