बुबाको सपना पूरा गर्न कलाकारिता क्षेत्रमा आएँ – मोडल मिना लामा

मिना र सागर रोमान्टिक मुडमा देखिए "तिम्रो साथ, मेरो हात" मा

  प्रीतम कुमार तामाङ

काठमाडौं
सांगीतिक आकाशमा एउटा मिठो कोसेली सहित रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । “तिम्रो साथ, मेरो हात” बोलको गितमा नव मोडल मिना लामा र नायक सागर घिसिङ रोमान्टिक मुडमा देखिएका छन् । यस गितमा गायक कविन्द्र तामाङको शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् ।

शुक्रबार मम प्लाजा जोरपाटीमा पत्रकार सम्मेलन गरी सो गितको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा अभिनय गरेकी मिना लामाले बुबाको सपना पूरा गर्न यो गीतको भिडियो मार्फत कलाकारितामा आएको बताइन् । उनले भनिन्, ‘मेरो बुबा गीत सङ्गीतको पारखी हुनुहुन्छ, उहाँ (बुबा) मादक पदार्थ सेवन गरेर आएपछि नाच्न सिकाउनु हुन्थ्यो, त्यसो त उहाँको सम्झनामा यो गीत तयार पारेको हो ।’

भिडियोमा अभिनय गर्दै मोडल मिना लामा

त्यस्तै, भिडियो सार्वजनिक गर्दै गायक तामाङले गीतसङ्गीतमा अगाडि बढ्न र बढाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मोडल सागर घिसिङले काम गर्ने इन्टायर्स टिमले गर्दा आज गीत बजार ल्याउन सफल भएको बताए ।

भिडियो हेर्न क्लिक गर्नुहोस् ;   

अजय स्याङ्तानद्वारा निर्देशित भिडियोको छायांकन बिक्रम लामा मोक्तान र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् । कार्यक्रममा तामाङ सोसाइटी अफ सिड्नी अस्ट्रेलियाको प्रतिनिधि एवं लन्डननेपालीन्युजका रिपोर्टर अनु लामा, गायिका रेश्मा बमजन, गायक आस्मान लोप्चन, द्वन्द निर्देशक हेरुका लामा लगायतको उपस्थिति रहेका थिए ।

रोमान्टिक मुडमा मिना र सागर

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार