काठमाडौं
मंसिर ४ गते हुन गइरहेको निर्वाचनका दिन आयोगले यातायात सञ्चालन गर्न दिने तयारी गरेको छ । विगतमा मतदानका दिन सर्वसाधारणलाई सास्ती हुँदै आएको गुनासो पश्चात् यस विषयमा आयोगले छलफल र बहस चलाएको बताएका छन् । निर्वाचनको दिन व्यवस्थित ढंगले सवारी सञ्चालन गर्न दिने आयोगले जनाएको छ ।
यसका लागि निर्वाचन आयोग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, गृह मन्त्रालय रहेको कार्यदल गठन गरेको र सो कार्यदलले दिएको सुझावका आधारमा आयोगले सो दिन यातायात चलाउन अनुमति दिने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।