मनोनयन दर्ता गर्न उम्मेदवार संग २५ जनाभन्दा बढी जान नमिल्ने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्ला निर्वाचन कार्यालय चौतारामा बसेको सर्वदलीय बैठकले भोलि हुने उम्मेदवार मनोनयन दर्ताका लागि निर्वाचन आचारसंहिता पुर्ण रुपमा लागु गर्ने निर्णय गरेको छ । जसमा बाजागाजा बजाउन नमिल्ने देखि उम्मेदवार संग २५ जना भन्दा बढी जान नमिल्ने नियम सर्वसम्मत निर्णय भएको जिल्ला निर्वाचन सुरक्षा समिति, सिन्धुपाल्चोकले जनाएको छ । समितिले दिएको जानकारी अनुसार तपशिलका
विविध निर्णयहरु समेत भएका छन् ।

जानकारी तथा अनुरोध !!

आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मिति २०७९ असोज २३ गते आइतबार उमेद्वारहरुले मनोनयन पत्र पेश गर्न जाँदा देहाय अनुसार गर्ने गरी सर्वदलीय सहमति भएकाले सबैको जानकारी तथा सहयोगका लागि अनुरोध गरिएको छः

१. निर्वाचन आचारसंहिता २०७९ लाई पूर्णरुपले पालना गर्ने गराउने; जस अनुसार उमेद्वारहरुसँग २५ जना भन्दा बढी नजाने, बाजा गाजा तथा झाँकी सहित जान नहुने, जुलुसमा तोकिएका साइजका झण्डाहरु तथा चुनाव चिन्हहरु १० भन्दा बढी नबोक्ने ।
२. क्षेत्र नं १ का लागि जिल्ला समन्वय समितिको भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय रहेकाले पीपलवोटबाट टुडिखेल हुँदै जाने रुट मिलाइएको, क्षेत्र नं २ का लागि चौतारा साँगाचोकगढी नगरपालिका भवन परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेकाले गुम्बाडाँडा तर्फहुँदै जाने रुट मिलाइएको । सवारी साधनहरुलाई तल नै उपयुक्त स्थानमा रोकिने ।

३. निर्वाचन अधिकृतको कार्यालय भित्र उमेद्वार, प्रस्तावक, समर्थक र सहयोगी बाहेक अन्यलाई प्रवेश नदिइने । सञ्चार कर्मीका लागि प्रवेशमा समन्वय गरिने ।

४. दलहरुले सामान्यतः निम्न समयमा आआफ्ना उमेद्वारलाई मनोनयन पत्र पेश गर्न समन्वय गर्ने- ११ः०० बजे राष्ट्रिय स्वतन्त्र पार्टी, ११ः३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टी, १४ः०० बजे नेकपा एमाले, १४ः३० बजे मंगोल नेसनल अर्गनाइजेसन्, १५ः०० बजे नेपाल मजदुर किसान पार्टी, १५ः३० बजे नेपाली काँग्रेस, १५ः३० बजे नेकपा माओवादी केन्द्र, १५ः३० बजे नेकपा एकीकृत समाजबादी र अन्य दल र उमेद्वारहरुले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी विहान १०ः०० बजे देखि १७ः०० बजेसम्म कुनै पनि उपयुक्त समयमा मनोनयन पेश गर्न सक्ने ।

५. कुनै पनि उम्द्वारले सदरमुकाममा सार्वजनिक स्थलमा कोणसभा आदि नगर्ने नगराउने । अनावश्यक भिडभाड नगराउने ।
निर्वाचनलाई व्यवस्थित, स्वच्छ तथा मर्यादित र भयरहित बनाउन साथै अनावश्यक खर्चिलो र भड्किलो हुनवाट रोक्न निर्वाचन आचारसंहिताको पूर्ण पालनामा सबैवाट सहयोग हुन समेत अनुरोध गर्दछौं । धन्यवाद ।

-जिल्ला निर्वाचन सुरक्षा समिति, सिन्धुपाल्चोक ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार