फापारे सेलो गीत ‘सैलुङ जात्थर’ भिडियो सहित सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
ताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे सेलो गीत ‘सैलुङ जात्थर’ सार्वजनिक भएको छ । सोमबार संविधान दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द स्वर सुनिल मोक्तान (बुद्विमान)‚ स्वर गायिका इन्दिरा गोलेको रहेका छन् ।

गोने पूर्णे (जनै पूर्णिमा)को अवसरमा सैलुङ मेलामा छायाङ्कन गरिएको भिडियोमा गायक सुनिल‚ चन्द्रमान मोक्तान‚ बाबुलाल मोक्तान‚ साङलाल घिसिङ‚ रामकुमार योन्जन‚ इन्दिरा घिसिङ‚ स्मृति घिसिङ, सुष्मा तामाङले अभिनय गरेका छन् ।

गीतको संगीत संयोजन तथा संगीत विशाल योन्जनले गरेका छन् । त्यस्तै भिडियोको निर्देशन विशाल योन्जन‚ छायाङ्कन एवं ड्रोन गोपाल मगर र सम्पादन रोनित विशुङ्खेले गरेका हुन् ।

गीतमार्फत मेलामा दोस्तीसँग मायाप्रिति गाँस्न सम्बन्ध तयार गरिएको वचनबद्व भाकामा सुन्न सकिन्छ । एक महिनाअघि जनै पूर्णिमामा सैलुङ र दुधपोखरीका आसपासमा छायाङ्कन गरिएका सिनहरु भिडियोमा देख्न सकिन्छ । गायक मोक्तान तम्बा संघ नेपालका केन्द्रीय सदस्य हुन् भने सैलुङ भेग परिचित यूवा ताम्बा हुन् । गायक मोक्तानको यो भिडियोको अडियो एक वर्षअघि सार्वजनिक भएका थिए ।

भिडियो ;    

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार