विभिन्न विषयमा अन्तर्कृया गर्दै तम्बा सङ्घको १० औँ वार्षिकोत्सब सम्पन्न

  जन्मभूमि संवाददाता

काठमाडौं
तामाङ रिमठिम, ह्युलठिम लगायत ऐतिहासिक पक्षहरूका बारेमा लगातार कार्यरत तम्बा सङ्घ नेपालले १० वर्ष पार गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट असोज २ गते दर्ता प्रमाणपत्र प्राप्त गरिएको हुनाले सोही दिनलाई स्थापना दिवसको रूपमा मनाउन थालिएको हो । यसै सिलसिलामा काठमाडौँ, धनकुटा साथै ओखलढुङ्गा गरी एकसाथ तीन स्थानमा सङ्घको १० औँ स्थापना दिवस धूमधामको साथ मनाइएको छ ।

काठमाडौँमा आयोजित कार्यक्रमको अध्यक्षता तम्बा धावावाङ्गेल मोक्तानले गरेका थिए । त्यस्तै गरी प्रमुख अतिथिमा तम्बा सङ्घको संरक्षक तथा जापानको लागि नेपाली पूर्व राजदूत डा। गणेश योञ्जन, विशिष्ट अतिथिमा गायक चन्द्रकुमार मोक्तान साथै राजनीतिक विश्लेषक एवं बौद्व दर्शनका अध्येता बुद्धछिरिङ मोक्तान रहेका थिए । अन्य अतिथिहरूमा नेपाल तामाङ तम्बा घेदुङकी उपाध्यक्ष धनकुमारी घिसिङ, तिल्पुङ गुठीको अध्यक्ष काजीमान तामाङ, च्योइछोगको अध्यक्ष सोनम लामा लगायत रहेको थियो ।

प्रमुख अतिथि डा गणेश योञ्जनले म्हर्मे (दीप) प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा सङ्घको वरिष्ठ उपाध्यक्ष वीरबहादुर घिसिङ लगायतका तम्बाहरुद्वारा सङसेरकेम गीत प्रस्तुत गरिएको थियो । यही अवसरमा गत भदौ ११ गते सम्पन्न सङ्घको पाँचौँ अधिवेशनबाट चयन भएको कार्यसमितिका पदाधिकारीहरूलाई प्रमुख अतिथि योञ्जनद्वारा प्रमाणपत्रसमेत प्रदान गरियो ।

प्रमुख अतिथि डा. योञ्जनले शुभकामना मन्तव्यको क्रममा सङ्घको लागि आफूले सहयोग गर्दै आइरहेको साथै अबको दिनमा पनि विशेष पहलका साथ सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । सङ्घले अनेकन् उतार चढावहरू झेल्दै र पार गर्दै आएको यतिन्जेलसम्म टिकेर बाँकी यात्राको सुनिश्चितता गरेको दाबी गर्दै उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत दिए ।

कार्यक्रममा अतिथिहरू चन्द्रकुमार मोक्तान साथै नेपाल तामाङ संस्कृति घेदुङको अध्यक्ष छेवाङतेञ्जिङ लामा लगायतले समेत सङ्घको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिएको छ ।

कार्यक्रमको विशिष्ट अतिथि साथै प्रशिक्षक बुद्धछिरिङ मोक्तानले तम्बा बौद्व दर्शनमा विद्यमान सङ्गहरूका ऐतिहासिक र प्रमाणिक पक्ष त्यस्तै गरी आध्यामिक विश्वासको पक्षहरूमाथि विशेष प्रशिक्षण दिए । उनले विशेषतः बौद्ध धर्मको दर्शन साथै बोनको समेत दर्शनलाई तामाङ तम् (तामाङ आमजनबोली)मा उतार्ने वा प्रस्तुत गर्ने हुनाले तम् (कुरा)मा कर्तावाचक पारबा जोडिएर तम्बा भएको दाबी गरिएको छ । प्रशिक्षणको सिलसिलामा प्रशिक्षक मोक्तानले युरोप लगायतका देशमा राजनीतिको जन्म, ख्रिश्चियन धर्मको उदय, त्यसको विरुद्धमा उठेका आन्दोलन (विद्रोह) हुँदै ज्ञानोदयका पक्षहरूमाथि स्पष्ट पारे ।

त्यस्तै गरी उदारलोकतन्त्रको उदयदेखि मार्क्सवादको जन्म युरोपमा भएर हामीसम्म पनि आइपुगेका तथ्यलाई पर्गेल्दैस तामाङको आफ्नै रिमठिम, ह्युलठिम तथा छ्योइठिम समेतको मौलिक व्यवस्था रहेको बताएको छ । तम्बाले डम्फु बजाउँदै गीत गाउँदाखेरि बहुल राष्ट्रिय राज्यको विरोधीका मुटु हल्लिने गरेको छ । राज्यद्वारा रचिएका अनेकन् प्रहारहरूलाई पार लगाउँदै तम्बाहरू गाउँ गाउँहरूबाट पुनः जागरण तथा पुनः ज्ञानोदयको मार्गमा प्रवेश गरिसकेको छ । तम्बा पदवी तथा संस्था (इन्स्टिच्यूसन) समेत रहेको साथै यसले राजनीति परिवर्तन बन्दुकको नालबाट मात्रै हुन्छ भन्ने भाष्यलाई नै परिवर्तन गरिदिएको दाबी गरे । यस प्रकार तम्बाले डम्फु र टुङ्नासहित मौलिक गीत गाउँदै आफ्नो सत्ताको अभ्यास थालिसकेकोले सफल हुनेमा कुनै शङ्का नरहेको समेत मोक्तानले प्रशिक्षणको क्रममा बताए ।

कार्यक्रममा, गएको भदौ २९ गते देहावसान हुनुभएको दोर्जे गोले तामाङप्रति हार्दिक श्रद्धाञ्जलीसमेत अर्पण गरिएको छ । तम्बा सङ्घ नेपालको विधिवत् दर्ताअघि सुरुमा एक समिति गठन गरिएको र उक्त समितिको कोषाध्यक्ष साथै हाल सङ्घको सल्लाहकारसमेत रहेका स्व.दोर्जे गोले तामाङको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाल तामाङ संस्कृति घेदुङको पूर्व अध्यक्ष साथै छ्योर्तेन टासी तामाङ गुम्बाको आजीवन तथा सचिवालय सदस्य रहनुभएको गोलेको ६० वर्षीय अल्पायुमा नै निधन भएको थियो । उनको अन्त्येष्टि भने हिजो असोज १ गते मात्रै गरिएको थियो ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार