महिला शक्ति समाजको निजी भवन बनाउने अभियानमा सहयोग गर्नेछु – पुर्व मन्त्री बस्नेत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
महिला शक्ति सामाज बलेफी – ७ खाडीचौरमा हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पुर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सयौंका संख्यामा महिला दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्नुहुँदै नेता बस्नेतले आयोजक महिला शक्ति समाजको आफ्नै भवन हुनुपर्ने धारणा प्रस्तुत गर्नुभयो । उहाँले समाजको आफ्नै निजि भवन निर्माणका लागि व्यक्तिगत रुपमा र सामुहिक रुपमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “यति धेरै महिलाहरुको हितको लागि काम गरिरहेको संस्थाको आफ्नै भवन हुन आवश्यक छ, तसर्थ यसलाई सार्थकता दिन मेरो पनि पहल रहनेछ” उहाँले भन्नुभयो ।

नेता बस्नेत सिन्धुपाल्चोकको प्रभावशाली नेताको रुपमा लिईन्छ । उहाँ “सत्तामा हुँदा या नहुँदा पनि जनतालाई परेको बेला सहयोग गर्न सक्ने राजनितीक प्राणी मात्र नेता हो” भन्ने धारणाले गर्दा संधै जनताको माझ लोकप्रिय छन् । त्यस्तै उहाँ “जनता रहे राजनीति” भन्ने अभियानका अभियन्ता समेत हुन् । जुन अभियानलाई उहाँकै नेतृत्वमा देशैभर कोरोनाको पहिलो, दोश्रो तेस्रो लहरमा मात्र नभै बाढी पहिरोका विस्थापितहरुलाई राहत लिएर सहयोग गर्ने कार्यमा धेरै खटिनुभएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार