पत्रकार सुब्बा माथी दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न माफ नेपालद्वारा जोडदार माग

  प्रीतम कुमार तामाङ

काठमाडौं
समाचार संकलनका लागि पुगेका एमबिखबर अनलाइनमा कार्यरत पत्रकार राजकुमार सुब्बालाई दुव्र्यवहार गरेको घटनाप्रति मिडिया एड्भोकेसी फोरम नेपाल (माफ) ले ध्यानाकर्षण भएको जनाएको छ ।

साउन २७ गते शुक्रवार दिउँसो ललितपुर म.न.पा. वडा नं. २८ हरिसिद्धिस्थित चेला संगतिमा त्यहाँका गतिविधिबारे समाचार संकलनका लागि पुगेका पत्रकार सुब्बालाई एक्कासि अराजक समूहले गालिगलौज अपशब्द बोली लछारपछार गर्दै दुर्व्यवहार गरेको घटनाको प्रति माफ नेपालले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ ।

मिडिया एड्भोकेसी फोरम नेपालका महासचिव निरोज तोलाङेद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्वतन्त्रतापूर्वक पेशागत कर्ममा जुटेका पत्रकारमाथि अराजक समूहबाट भएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । मिडिया एड्भोकेसी फोरम नेपाल प्रेस स्वतन्त्रताविरोधी यस कार्यमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र प्रेसको संवैधानिक अधिकार, स्वतन्त्रता र सुरक्षाको विषयलाई गम्भीर रूपमा लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार