समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) को बैठक चौतारामा सम्पन्न

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
समृद्धिका लागि यथायोग्य कार्य संस्था (ISAP) को बैठक आज जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । समन्वय प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त बैठकमा बलेफी गाउँपालिकाका अध्यक्ष गंगबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष द्वय सुर्जे तामाङ र तेज बहादुर पराजुली, सुनकोसी गाउँ पालिका वडा नं. ६ का अध्यक्ष चक्रबहादुर बस्नेत र मेलम्ची नगरपालिका-९ का अध्यक्ष किरणदिप खड्का उपस्थित थिए । बैठकमा विशेष गरि संस्थाद्वारा संचालित सम्पन्न गरेको आयोजनाहरु माथी छलफल तथा सल्लाह, सुझाव लिने कार्य भएको छ ।

यसै अनुरुप बलेफी गाउँपालिका अध्यक्ष गंगबहादुर तामाङले यस संस्थाले प्रत्यक्ष गाउँघरका जनता संगै जोडिएर काम गरेकोले यो अत्यन्तै प्रभावकारी भएको धारणा प्रस्तुत गर्नुभयो । उनले आफ्नो सल्लाह, सुझाव पेश गर्दै यस संस्थाले गर्न गइरहेको माटो परिक्षणलाई स्थानीय तह संगै साझेदारी गरेर गरेमा संस्थाको काम पनि हुने र जनप्रतिनिधिहरुको दायित्व पनि पुरा हुने बताउनुभयो । साथै संस्थाले अन्य स्थानहरु समेत अझै सहयोग गरे उत्तम हुने उनको भनाइ थियो ।

त्यस्तै आयोजना संचालित वडाका अध्यक्षहरुले संस्थाको काम प्रति अत्यन्तै सन्तुष्टि रहेको र अझै थप बिकासका कामहरु गर्न आग्रह गर्नुभएको थियो । उनीहरुले आयोजना समापन गराउनका लागि जस्तो सुकै सरसहयोग स्थानीय स्तरबाट हुने बिश्वास समेत दिलाएका थिए ।

ISAP ले खानेपानीमा पहुँच र कृषि आय सुधार आयोजना गरि जिल्लाको बलेफी गाउँ पालिका वडा नं. ४ र ६, सुनकोसी – ६ र मेलम्ची नगरपालिका – ९ मा काम गरिरहेको छ । जसमा बलेफीका २ वडा गरि २५६, सुनकोसीमा १० कृषक समूह एवं २०० घरधुरी तथा मेलम्चीका १५ कृषक समूह सहित ४२१ घरधुरी लाभान्वित भएको संस्थाले बैठकको क्रममा जनाएको छ ।

बि.सं. २०७० सालमा स्थापित यस संस्थाले स्थापना कालदेखि नै विशेष गरि सिन्धुपाल्चोक र नेपालका अन्य केहि जिल्लाहरुमा कार्य क्षेत्र बनाई पिस उइन्डस जापान (PWJ) संग सहकार्य गर्दै कार्यक्रमहरु सन्चालन गर्दै आएको संस्थाका टिम लिडर रामचन्द्र भुसालले जनाए । उनका अनुसार हाल संचालित आयोजनाको अवधि २०७७ बैशाख २६ देखि २०८० बैशाख २५ सम्म जम्मा ३ वर्षको मात्रै रहेको बताउनुभयो । अझ यस संस्थाको काम २०७२ सालको महा भुकम्प पश्चात् जिल्लामा सशक्त रुपमा निरन्तर अघि बढिरहेको उनले बताए ।

भुसालले बैठकको क्रममा आयोजना सन्चालन गर्न स्थानीय सरकारले सबैभन्दा ठूलो सहयोग रहेको जनाउनुभयो । जापानिजहरु सकेको सहयोग गर्नु भन्ने कुरालाई आत्मसात गर्ने भएपनि सबैभन्दा अप्ठ्यारो ठाउँमा सहयोग गर्नु भन्ने भावना अनुसार अघि बढ्ने गरेकोले छानिएका सिमित स्थानहरुमा मात्रै आयोजना सन्चालन भएको स्पष्ट पार्नुभयो ।

बैठकका अध्यक्षता गरिरहनुभएका जि.स.स. सिन्धुपाल्चोकका सभापति श्रेष्ठले  आयोजनाको बिस्तृत बुझ्दा निकै उपलब्धिमुलक रहेको पाइएको जनाए । आफैं पनि स्थलगत भ्रमणका क्रममा पुग्दा प्रति कृषक परिवार ३५ हजार सम्म मासिक आम्दानी गरिरहेको उनले आफैंले देखेर आएको सुनाए । संस्थाले थोरै श्रोतको उपयोगमा अधिकतम उपलब्धि हासिल गरेको देखिएकोले संस्थाको यो योगदानले निरन्तर र दिगो विकासमा सहयोग पुग्ने बिश्वास लिएको उनले बताउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार