पागलपन या प्राङ्क ? पक्राउ परे बदमास केटो ! यस्तोलाई कस्तो कारबाही गरे होला ?

  प्रीतम कुमार तामाङ

काठमाडौं
युट्युबका लागि भन्दै अचानक झुक्याएर मान्छेको होश हवास उडाउने भिडियो बनाउँदै केहि डलर कमाउने धन्दामा केही समुह सक्रिय रुपमा लागेको देखिन्छ । कानुनले अनुमति बिना फोटो या भिडियो खिच्न समेत प्रतिबन्ध लगाएको भएपनि भिडियो खिचे पश्चात् अनुमति लिँदै युट्युबमा पोष्ट गर्दै आएको छ । तर कस्तो भिडियोले  पीडित र खिच्ने स्वयम् लाई के हुन सक्छ ? र समाजमा पुर्याउन सक्ने असरको वास्ता गरिन्न र कहाँ गएर फसिन्छ भन्ने सम्म हेक्का नहुँदा अन्ततः कानुनको कठघरामा पुगिन्छ नै ।

यस्तैमा केही दिन अघि युट्युबमा सार्वजनिक भएको र अन्य सामाजिक संजालमा निकै चासोको रुपमा हेरिएको प्राङ्कको नाममा अराजक भिडियो भाइरल भएको थियो । उक्त भिडियो बदमास केटो नामक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । जसको संचालक थिए नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाल, उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिनुको कारण उनले एक महिलालाई “पैसा दे नत्र एसिड हान्छु” भन्दै अभद्र एवं तल्लो स्तरको प्राङ्क गरेका थिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रहरीद्वारा जारी विज्ञप्ति

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार