बाढीपहिरो पीडितहरुलाई लालपुर्जा वितरण गर्दै पुर्व मन्त्री बस्नेतले भनें,”अब छिटै घर पनि बन्छ”

पहिरोबाट विस्थापित १४ पीडितलाई सुरक्षित आवास निर्माण गर्न लालपुर्जा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बाढी पहिरोबाट विस्थापित १४ पीडित परिवारले लालपुर्जा पाएका छन् । २०७७ सालको भदौमा आएको पहिरोबाट घरबार बिहिन भएका बाह्रबिसे नगरपालिका–७ टंसारका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको हो ।

बाढी पहिरो पीडित लाई बस्ती स्थानान्तरणको लागि सोमबार पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ जना पहिरो पीडितलाई लालपुर्जा वितरण गर्ने कार्य सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका पुर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले लालपुर्जा मात्रै वितरण नगरेर घर पनि तत्काल बन्ने प्रक्रिया अघि बढ्ने बताउनुभयो । जग्गा खरिदका लागि ३ लाख र आवास निर्माणका लागि ५ लाख छुट्याईसकेकोले चाँडै सुरक्षित आवास निर्माण हुने जनाउनुभयो ।

नेता बस्नेतले विगतको विपतको समयलाई स्मरण गराउँदै त्यतिबेला राहत, उद्दार कार्यमा खटिने देखि अहिले लालपुर्जा सम्म वितरण गर्ने कार्यमा धेरै राजनीतिक नेता कार्याकर्ताको योगदान रहेको सुनाउनुभयो । सबैको मेहेनतले गर्दा नै देशभरमा ४०% विपत हुने जिल्ला सिन्धुपाल्चोकमा पीडितले चाँडै पुर्जा पाउन सफल भएकोमा खुशी समेत व्यक्त गर्दै सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उनले मन्तव्यको क्रममा भन्नुभयो, “हामीले भोटेकोसी बाढिपहिरो पीडित, नागपुजे, बाह्रबिसे बाढी, लिदि पहिरो पीडित, हेलम्बु मेलम्ची बाढी पीडितहरुका बालबच्चाहरुलाई समेत विभिन्न विद्यालयहरुमा निशुल्क अध्ययनको व्यवस्था समेत गरिरहेको छ ।”

त्यस्तै टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो । अब सुरक्षित स्थानमा आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने आशा पलाएको नेपाली कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि एवं स्थानिय युधिर पौडेलले बिश्वास ब्यक्त गर्नुभयो ।

हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार