पार्टीका लागि घात गर्ने अपराधीक धमिराहरु भएको भन्दा नभएकै राम्रो – नेता बस्नेत

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
आज नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिद्वारा क्षेत्र नं. १ भित्रका स्थानीय निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान गरिएको छ । यसै सन्दर्भमा प्रमुख अतिथिका रुपमा पार्टीका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्रीले मन्तव्यका क्रममा चुनावमा पार्टीको विरुद्ध घात गर्ने कार्यकर्ताहरु आपराधिक धमिरा सरह भएकोले त्यस्ता कार्याकर्ता हुनुभन्दा नहुनु नै राम्रो हुने बताउनुभयो । स्थानीय निर्वाचन २०७९ लाई इंगित गर्दै उहाँले टिकट पाए खुशी हुने र टिकट नपाएपछि आफ्नै पार्टीको उम्मेदवारलाई हराउन लाग्नेहरुको कहिल्यै राजनितीक भविष्य सफल नहुने जनाए । 

सिन्धुपाल्चोकमा काँग्रेस गठबन्धन गर्न तयार छैनन् ।
गत चुनावमा आफुलाई निकै ठूलो दबाब आएपनी काँग्रेसी कार्यकर्ताहरु गठबन्धनको पक्षमा तयार नभएको जनाउनुभयो । नेता बस्नेतले भन्नू भयो, “हामी एक्लै काफी भएकैले पनि गठबन्धन बिना नै स्थानीय चुनावमा होमिएको हो । जसले गर्दा हाम्रो पार्टी आज जिल्लाकै नं. १ पार्टी बनेको छ ।”  उनले अब आउने संघीय र प्रदेश चुनावमा समेत कसै संग काँग्रेसले गठबन्धन नगर्ने उद्घाघोष गर्नुभयो ।

वदाई तथा शुभकामना कार्यक्रममा नेता बस्नेतले काँग्रेसबाट बिजेता बनेका सम्पुर्ण जनप्रतिनिधिहरुलाई जनताको काममा दत्तचित्त भएर लागे मात्र राजनीतिक भविष्य सफल हुने बताउनुभयो । यदि बल्ल मेरो पालो आयो भनें जस्तो गरे त्यस्तालाई जनताले ठाउँको ठाउँ देखाईदिने गरेको उदाहरण प्रशस्तै रहेको जनाए ।

उक्त कार्यक्रममा विशेष अतिथी जिल्ला सभापति जंगबहादुर लामाले चुनावमा घात गर्यो भन्दै उजुरी हाल्नु अघि सहि सत्य प्रमाण लिएर मात्र आउनुहुन अनुरोध गरे । बिना प्रमाण लान्छना मात्र लगाउने काम नगर्न पनि सबैलाई सुझाए । साथै घात गर्नेहरुको प्रमाण जुटाएर आएको उजुरी माथी पार्टीको अनुशासन विभागले उचित छानबिन गरेर साधारण सदस्यताबाट समेत निष्कासन गर्ने बताउनुभयो । सभापति लामाले गत चुनावमा भन्दा समग्र जिल्लामा काँग्रेसको मत हेर्दा २२ हजार बढिले बढेको समेत जनाउनुभयो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार