पुर्व मन्त्री मोहन बहादुर बस्नेत सुटुक्क किन पुगे मेलम्चीको थकनी लसम बगर ?

बस्नेतद्वारा काठमाडौं र सिन्धुपाल्चोकलाई समेट्ने बृहत आयोजना स्थलको अवलोकन भ्रमण

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको मेलम्ची नगरपालिका ४ स्थित थकनी लसम बगरमा पुर्व मन्त्री बस्नेत सुटुक्क पुग्नुभएको छ । उहाँले त्यहाँ पुग्नुको मुख्य कारण भनें अहिलेलाई गोप्य राख्ने बताउनुभयो । नेता बस्नेतले मिडियाकर्मीको जिज्ञासामा त्यहाँ पुग्नुको कारण काठमाडौं र सिन्धुपाल्चोकलाई समेट्ने एउटा बृहत् आयोजना सुरुवात गर्ने सोच रहेको बताउनुभयो । जुन विषय छलफलका क्रममा रहेकोले यदि सम्भव भएमा केही समय भित्र बृहत पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने छोटो धारणा राख्नुभयो ।

उहाँ संगै जिल्ला सभापति जंगबहादुर लामा, युवा नेता समिर तामाङ, वडा अध्यक्ष टाइगर लामा लगायत योजना स्थलको अवलोकनमा पुग्नुभएको छ । उहाँहरुले योजनाको निर्माण गर्न गैरहेको सम्भावित स्थलमै पुगेर अवलोकन गर्दै सोचेको योजनाका लागि अत्यन्तै उपयुक्त हुन सक्ने भएकोले यस विषयमा काठमाडौं फर्किन साथ सम्बन्धित व्यक्तित्वहरु संग छलफल गर्दै अघि बढ्ने जनाए ।

स्थानीय युवा नेता समीर तामाङले उक्त आयोजना सफल भएमा मेलम्ची या थकनीको मात्र नभै सिंगो सिन्धुवासीको लागि रोजगारीको अवसर जुट्ने पक्का रहेको सुनाए । तामाङले भनें “हामी छलफल र अध्ययनको क्रममा छौँ, हामीले सोचेको आयोजनाका लागि यो स्थल निकै उपयुक्त हुने मेरो बुझाई छ ।”

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार