वरिष्ठ नेता जय बहादुर लामा सहित २ वडा अध्यक्ष काँग्रेस छाडी एमाले प्रवेश

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेपाली काँग्रेसका तर्फबाट २०७४ को स्थानीय चुनावका जुगल गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार वरिष्ठ नेता जय बहादुर लामा एमाले प्रवेश भएका छन् । उनी संगै दुई निर्वाचित वडा अध्यक्ष द्वय वडा नं. ३ का वडा अध्यक्ष सानुकान्छा तामाङ र वडा नं. ५ का सनत अधिकारीले पनि आजै काँग्रेस त्यागेर एमालेमा लागेका छन् । नेता लामा पुर्व प्रधानपञ्च समेत हुन् । लामाले गत निर्वाचनमा एमाले संग १८१ मतले हार व्योहोरेका थिए ।

त्यस्तै जुगल गाउँ पालिका उपसभापति राजेन्द्र लामा (दोर्जे), युवा नेता सुरेन बिक्रम योन्जन लगायत दर्जन बढी कार्याकर्ताहरु एमाले प्रवेश भएको हो । नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रिय सदस्य दावा लामाले स्वागत गरेका थिए ।

स्थानीय निर्वाचनको लागि २० दिन मात्र बाँकी रहेको बेला काँग्रेसमा टिकटको किचलोले गर्दा विचलन आएको एक नेताले बताए । जुगलमा टिकटको विषयलाई लिएर मनमुटाव सतहमै आएको थियो । नेता लामालाई एमालेले जुगल गाउँ पालिका अध्यक्षमा उठाउने बुझ्न आएको छ ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार