सिन्धुपाल्चोक
बलेफी गाउँ पालिकाद्वारा वडा नं. ३, धुस्कोटकि आइतिमाई तामाङलाई ल्यापटप उपलब्ध गरेको छ । उनी BBS दोश्रो वर्षमा अध्यनरत हुनुहुन्छ । आज पालिका अध्यक्ष केदार क्षेत्रीले आफ्नै कार्यकक्षमा तामाङलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष क्षेत्रीले गाउँ पालिका भित्रको शारीरिक रुपमा अशक्त रहेपनि उच्च शिक्षा हाँसिल गर्दै गरेकि तामाङलाई सहयोग होस् भन्ने उद्देश्यले शैक्षिक सामाग्रीको रुपमा ल्यापटप माग भएकोले पालिकाको तर्फबाट उपलब्ध गराएको बताउनुभयो ।
तामाङले ल्यापटप पाएपछि खुसी हुँदै अब आफ्नो बाँकी पढाईका लागि ठूलो सहयोग पुग्ने जनाए । त्यसबाट अब उनले Mp3 सुन्ने लगायत अन्य प्रोजेक्ट वर्कहरु गर्न सजिलो हुने जनाउँदै पालिका अध्यक्ष प्रति हार्दिक कृतज्ञता जनाउनुभयो ।