पत्रकार माथी दुर्व्यवहार गर्ने ख्रीष्टियन नेताहरु प्रती आपत्ति जनाउँदै भर्त्सना

  जन्मभूमि संवाददाता

ललितपुर
पत्रकारहरु दिनेश श्रेष्ठ, कुमार सिहं विष्ट र विश्वास थापामाथि भएको र्दुव्यवहारको स्वतन्त्र ख्रीष्टियन मिडिया संयोजन समुहले संयुक्त विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।

पत्रकारहरुको संयोजनमा केही दिनयता ख्रीष्टियन राजनीतिक पहिचान बोकेका पार्टीहरुबीच एकताको पहल गर्ने क्रममा पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्थापित पार्टीका नेता कार्यकर्ताले अपशव्द, नकरात्मक टिप्पणी र र्दुव्यवहार र भौतिक आक्रमणको प्रयास गरेको भन्दै त्यसप्रति समुहले आपत्ति जनाएको हो ।

पछिल्ला केहि दिनयता पत्रकारत्रयहरुले ख्रीष्टियन आस्थामा स्थापित चार वटा पार्टीहरु जनजागरण पार्टी नेपाल, आमुल परिवर्तन मसीह पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र भर्खरै नामाकरण भएको सामाजिक एकता पार्टीबिच एकताको संयोजन गर्दै आउनुभएका पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्थापित पार्टीका नेता कार्यकर्ताबाट भएको र्दुव्यवहार खेदजनक घटना हो”, समुहद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

“मङ्सिर १० गते पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमका विषयलाई लिएर दर्ता प्रक्रियामा रहेका सामाजिक एकता पार्टीसँग एकता संयोजन गर्ने पत्रकारहरुको सम्बन्ध रहेको भनि भाम्रक कुप्रचार गरेकोले यस समूहका सदस्यहरुको कुनै राजनीतिक सम्बन्ध र संलग्नता नभएको जनाएको छ ।

समुहले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन उपत्यकामा कार्यरत पत्रकारहरुको आज नयाँ समुह निर्माण गरेको छ । समुहका संयोजक दिनेश श्रेष्ठले एकताको संयोजन गर्नेक्रममा पत्रकारमाथि र्दुव्यवहार गरेकोमा आइन्दा त्यस्तो गल्ती नदोहो-याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गर्नुभएको छ ।

समुहले पत्रकारत्रयमाथि भएको घटनाले एकता संयोजन गर्दै आएका पत्रकारहरुलाई निरुत्साहित गर्ने र पछिल्लो समय पत्रकारमाथि लक्षित गर्दै सामाजिक हवला र भौतिक आक्रमणको प्रयास गरिनुले नेपाली संचार जगतलाई कमजोर पार्न खोजिएको प्रष्ट भएको भन्दै पत्रकारिता जगतमाथि भईरहेको ख्रीष्टियन समुदायबाटको आक्रमणका विरुद्ध नागरिक तहबाट आवाज उठाईनि र हाम्रा सदस्यहरुको भौतिक सुरक्षाको आवाज उठाईदिन जारी विज्ञप्तिमा राज्य पक्ष र सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुर्व्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको र लोकतन्त्रमाथि प्रहार भएको समुहको ठहर छ । समुहका सदस्य निरोज तोलाङेले उक्त र्दुव्यवहारको कडा निन्दा गर्दै एकता प्रक्रियाको संयोजनमा कुनै पनि बाधा नपुराउन र नैतिकता प्रदर्शन गर्न सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

विज्ञप्ति ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार