सिन्धुपाल्चोक
कोरोनाको तेस्रो लहर बढिरहेको सन्दर्भमा सिन्धुपाल्चोक जिल्ला प्रशासनले स्मार्ट लकडाउनको रुपमा विभिन्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालद्वारा जारी गरिएको आदेश पत्रमा २५ जना भन्दा बढी जम्मा हुने कुनै पनि राजनीतिक सभा, महोत्सव आदि नगर्न नगराउन भनिएको छ ।
आदेशमा अगामी माघ ७ देखि प्रत्यक्ष सार्वजनिक सेवा लिनका लागि कोरोना खोप कार्ड अनिवार्य गरिएको छ । सार्वजनिक स्थलहरु जस्तै सिनेमा हल, सपिङ मल, रंगशाला, हवाई यात्रा, पार्क आदि स्थानमा मोबाइल मै भएपनी कोरोना खोप लगाएको फोटो साथमा अनिवार्य हुनुपर्ने भनिएको छ ।
आदेश पत्र ;