तामाङ पत्रकार संघको अपिल, तामाङहरुले २०७८ को जनगणनामा ध्यान दिनुपर्ने कुराहरु;

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघले भोलि कार्तिक २५ देखि हुने राष्ट्रिय जनगणनामा तामाङ दाजुभाइ, दिदिबहिनीहरुमा विशेष कुराहरुमा ध्यान दिन अपिल गरेको छ । जनगणना २०७८ मा तामाङहरुको सहि तथ्यांक आउने गरि समुदायका बुद्धिजीवी, जनप्रतिनिधि लगायतलाई समेत गणकहरुलाई आवश्यक समन्वय गरि दिनुहुन समेत अनुरोध गरिएको छ ।

जनगणना कार्य मङ्सिर ९ गतेसम्म चल्नेछ । प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाबाट आउने सबैखाले तथ्यांक हरेक व्यक्ति समुदाय र राष्ट्रको लागि महत्त्वपूर्ण हुने गर्दछन् । यही तथ्यांकका आधारमा राज्यले नीति, योजना तथा कार्यक्रमहरु बनाउने, राज्यको हरेक निकायमा समावेशी सहभागिता र विगतमा खोसिएका अधिकारहरु स्थापित गर्ने अभियानका क्रममा वास्तविक तथ्यांकको अभावमा तामाङ समुदायले चुनौतीको सामना गर्नुपरेको तीतो यथार्थ हामी माझ रहेको पत्रकार संघले जनाएका छन् ।

त्यसैले यसपालिको जनगणनाबाट जाति, भाषा, धर्मलगायत विषयको वास्तविक तथ्यांक ल्याउने अवसर हामीमाझ रहेको छ । यो अवसरलाई सदुपयोग गरी सही गणना स्थापित गराउन नेपाल तामाङ घेदुङ, अन्तर्राष्ट्रिय तामाङ परिषद् , नेपाल तामाङ कलाकार संघ लगायत विभिन्न संघसंस्थाले चलाउँदै आएको अभियानमा तामाङ पत्रकार संघको ऐक्यबद्धता रहेको पनि बताएका छन् ।

तसर्थ यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म घरदैलोमा आउने गणकहरुलाई निम्नबमोजिम विवरण दिनका लागि तामाङ समुदायलाई सचेत गराएका छन् ।

जात / जाती के हो ? – तामाङ (कोड नं. ५) २) पुर्खाको भाषा – तामाङ (कोड नं. ५)
३) मातृभाषा – तामाङ (कोड नं. ५) /
४) दोश्रो भाषा – सबैभन्दा नजिकको भाषा /
५( धर्म – बौद्ध (कोड नं. २)

तस्वीरमा ;                                                                            

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार