काठमाडौं
नेकपा एमालेको वडा अधिवेशन आज देशैभर हुनेभएको छ । जसलाई पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि वलिले भर्चुअल मार्फत उद्घाटन गर्ने पार्टी कार्यालय धुम्बारहीले जनाएको छ । उद्घाटन समारोहलाई डिस्प्ले मार्फत ईन्टरनेटको सुबिधा रहेको स्थानहरुमा देखाईने एमाले श्रोतले बताएका छन् ।
आजै एमालेको देशभरका ६७४५ वडाहरुमा अधिवेशन हुने छन् । यहि ९ गते नै पालिकास्तरको पनि अधिवेशन तय भएको छ । त्यस्तै १० औ महाधिवेशन भने मंसिर १० देखि १२ सम्म चितवनमा हुने घोषणा भैसकेको छ । पार्टी ले २०७७ चैत मसान्तसम्म सदस्य भएकोलाई महाधिवेशन प्रतिनिधि बनाउन योग्य रहेको पनि जानकारी दिसकेका छन् ।