युवा नेता तिमल्सिनाले गरेको कामले संघिय, प्रदेश र स्थानीय सरकारलाई नै चुनौती

इकाई सभापति सुभाष तिमल्सिनाले गरेको जनपक्षीय कामको चौतर्फी प्रशंसा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
नेपाली काँग्रेस सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ का इकाई सभापति सुभाष तिमल्सिनाले व्यक्तिगत खर्चमै सडकमा ग्राभेल बिछ्याइएको छ । उनको आफ्नै वडाको लाइफलाईनको रुपमा रहेको लामोसाँगु-बसेरी-टोप्का सडक खण्डमा वर्षातका कारण क्षतविक्षत सडक निर्माण जस्तो जनपक्षीय काम गरेका कारण चौतर्फी प्रशंसा भैरहेको छ । उनले गरेको कामले ३ तहको सरकारलाई नै चुनौती पुग्ने काम भएको छ ।

बलेफी गाउँ पालिकाले दशैं बिशेष सडक सरसफाइ गर्न प्रत्येक वडाका लागि छुट्याइएको २ लाखले मेशिन मात्र कुदाउने काम गरेको र दशै खर्च बनाउने काम गरेपछी तिमल्सिनाले व्यक्तिगत ४ लाख भन्दा बढीको लागतमा सडकमा ग्राबेल बिछ्याइएको बताउनुभयो । सरकारी बजेटले सडक सफा गर्नुपर्ने ठाउँमा उल्टै सडक बिगार्ने, खानेपानीको पाईप बिगार्ने, सिंचाइ बिगार्ने काम मात्र भएको समेत उनले आरोप लगाए । साथै २ लाखको कतै काम भएको महशुस सम्म गर्न सक्ने अवस्था नभएकोले बजेटमा अनियमितता भएको समेत बताउनुभयो । यसरी उनले गरिरहेको काममा खटिने साथीहरुलाई विपक्षीहरुले डरधम्की दिएको समेत उनले सुनाए । जनसेवाको काममा लागिरहेका साथी, सहयोगी सबैलाई गलत नगर्न र गलत गर्न कोहि लागि पर्छ भनें आफू जस्तो सुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

स्थानीय रबिन बिकले सभापति तिमल्सिनाले व्यक्तिगत रुपमै गाउँको बाटोमा ग्राभेल हाल्न लगाएर सडकको स्तरोन्नति कार्य भैरहेको बताए । सरकारी बजेटले सडक सफा गर्नुपर्ने सरोकारवालाहरुले दशैं खर्च बनाएपछि सडकको हालत झन् बिग्रेको उनको भनाइ छ । सुधारिएको सडकले गर्दा दशै मनाउन गाउँ आउने स्थानीय लगायत पाहुनाहरुलाई आवतजावतमा सजिलो हुने उनी सुनाउँछन् ।
“एउटा व्यक्तिले संघिय, प्रदेश र स्थानीय सरकारलाई चुनौती दिने काम गरे” – नेता बस्नेत

पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य, खेलकुद बिभाग प्रमुख, विपद व्यवस्थापन समितीका संयोजक मोहन बहादुर बस्नेतले सुभाष तिमल्सिनाको खुलेर प्रशंसा गर्नुभएको छ । सो सडक खण्ड सुधारका लागि तिमल्सिनालाई आफुले सुझाव दिए अनुसार काम सम्पन्न गराएकोमा खुशी व्यक्त गर्नुभएको छ । नेता बस्नेतले “ग्राभेल ओछ्यान लागेको ४ लाख रकम आफ्नै उपस्थितिमा हस्तान्तरण गराउँदै सो सडक खण्डमा तिमल्सिनाद्वारा ग्राभेल बिछ्याउने कार्य गरि उक्त क्षेत्रका संघीय, प्रदेश र स्थानीय जनप्रतिनिधि समेत लाई चुनौती दिने किसिमको कार्य गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु” भन्नू भएको छ ।

साथै बस्नेतले नेपाली काङ्ग्रेसका सम्पुर्ण नेता कार्यकर्ताहरुमा यी र यस्ता किसिमका जनसेवाका कार्यमा सदैव लाग्नको लागि हार्दिक अपिल गर्नुभएको छ । उहाँ भन्नू हुन्छ “हाम्रा नेता कार्यकर्ता साथीहरूले यस्ता किसिमका जनसेवाका कार्य गर्दै गर्दा कहिँ कतै बाधा अड्चन आईपरेको खण्डमा जस्तो सुकै सहयोग गर्न परे पनि तयार रहेको कुरा प्रतिबद्धता जाहेर गर्दछु ।”

युवा नेता एवं समाजसेवी सुभाष तिमल्सिना, स्थानीय युवा नेता लालकाजी तामाङ लगायतले लकडाउनका बेला समस्यामा परेको सयौं विपन्न घरपरिवारलाई खाद्यान्न लगायतको सामाग्री वितरण गर्नुभएको थियो । यति मात्र नभै उहाँको टिमले कोभिडका बेला मास्क, सेनिटाइजर देखि स्वास्थ्य चौकिलाई विभिन्न उपकरणहरु समेत हस्तान्तरण गर्दै आएका छन् । साथै उनले खर्च नभएर उपचारको अभाव झेलिरहेकाहरुलाई समेत उपचार खर्च व्योहोर्दै आएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार