लामो समय पछि कमब्याक भएका गायक सन्जय लामाको “ज्यान मैच्याङ” चर्चा बटुल्दै

काठमाडौं
सांगीतिक क्षेत्रमा २०७२ साल तिरै प्रबेश गरेका गायक सन्जय लामाको यतिबेला नयाँ सांगीतिक कोसेली “ज्यान मैच्याङ” युट्युबमा चर्चा बटुल्न सफल भैरहेको छ । उनले यो गित निकै लामो समयको अन्तराल पछि ल्याएको जन्मभूमि पोष्टलाई बताउनुभयो । करिब ३ वर्ष अघि रिलिज भएको “हेलम्बु गाउँ” पछि यस गितको भिडियो सहित बजारमा लिएर आएको हो ।

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर – ५ थाङपाल गुन्सामा जन्मेका युवा गायक लामा केही समय काम विशेष परदेश भएपनि पुन: स्वदेश फर्केर सांगीतिक यात्रालाई निरन्तरता दिने गरि बजारमा नयाँ गीत ल्याएको बताउछन । ४ दिन अघि मात्र सार्वजनिक भएको गीत जिग्मे मिडियाको अफिसियल युटुब बाट सार्वजनिक भएको हो । यो समचार सम्प्रेषण हुँदा सम्ममा यस भिडियोलाई ५८ हजार भन्दा बढी पटक हेरिसकेका छन् ।

गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वरमा रहेको गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो Vine Bhimphedi Crew का मिथुन बिजि र बिसन लामाले निर्देशन गरेको हो ।

भिडियोमा अरु थुप्रै कलाकारहरुको दमदार प्रस्तुति देख्न सक्नुहुनेछ । कलाकारहरुमा मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

पूरा भिडियो हेर्नुहोस ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार