विश्व दोङ र तबु वाईबाको “मनको डेरा” नयाँ सांगीतिक कोसेली (भिडियो सहित)

  प्रीतम कुमार तामाङ

काठमाडौं
चर्चित गायक एवं संगितकार विश्व दोङ संग नयाँ डेब्यु भएकी छिन नव गायिका तबु वाईबा । दोङको आफ्नै शब्द, संगित, एरेन्ज अनि स्वर समेत दिएको “मनको डेरा” एल्बममा सुमधुर स्वरकी धनी तबु वाईबाले धमदार साथ दिएकी छन् ।

गला अनि कलाकि धनी १६ वर्षीय तबु वाईबा कलाकारिताको यात्रामा होमिएकी छन् । भर्खरै कक्षा ९ मा अध्यनरत वाईबाले यति सानै उमेरमा चर्चित गायक एवं संगितकार विश्व दोङको साथमा “मनको डेरा संगै “चोली त राम्रो गोईजिनको” लिएर आएकी हुन् । सानै उमेर भएपनी उनको गाएकीमा निखारपन र अभिनयमा समेत पोख्त रहेको गायक दोङ बताउनुहुन्छ । वाईबामा गायनमा राम्रो सम्भावना देखिएकोले आफुले सकेको सहयोग खुलेर गर्ने समेत सुनाए ।

जोरपाटी स्थित मम प्लाजामा पत्रकार सम्मेलन गर्दै गायक विश्व दोङको आफ्नै युट्युब च्यानल मार्फत मनको डेरा सार्वजनिक गरे भनें ठिक १ हप्ता पश्चात् “चोली त राम्रो गोईजिन” को सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

गायक दोङले आफ्नै व्यक्तिगत युट्युब च्यानल  मार्फत अपलोड गरिएको भिडियोलाई सबैले हेरेर सल्लाह सुझाव दिन र सब्स्क्राईब गरिदिनुहुन समेत आग्रह गर्नु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ;                           

नव गायिका तबु वाईबा कलाकारिता संगसंगै शिक्षालाई पनि अघि बढाउने सोचमा छिन । घरपरिवारबाट आफ्नो बुबाको पुर्ण साथ भएपनी यस क्षेत्रमा आमाको साथ नहुँदा उनी केही दुखी देखिन्थे । यदि आफुलाई मोडलिङ वा गायनमा रोज्नुपर्ने अफर आएमा गायनलाई नै छनौट गर्ने उनको भनाई छ ।

पत्रकार सम्मेलनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ;                                                                          

सार्वजनिक गरिएको भिडियो हेरे पश्चात् सेलो संगितका धरोहर द्वय चन्द्र कुमार दोङ र रोज मोक्तानले नव गायिका तबु वाईबा र गायक दोङको यसरी खुलेर प्रशंसा गर्नुभयो । कलाकारितामा नयाँ प्रतिभाहरु आइरहाँदा विगतमा थोरै व्यक्तिहरुले दुखका साथ धानेको तामाङ कला क्षेत्र हराभरा भएको महशुस हुने वरिष्ठ गायक एवं संगितकार दोङले सबै माझ सुनाए । त्यस्तै गायक मोक्तानले कुनै जाती बिशेष गायकले कुनै जातको मौलिक भाकालाई नेपाली भाषा मै गाएपनी जातिय कलाकार भन्ने र क्षेत्री ब्राह्मण जातीलाई मात्र राष्ट्रिय कलाकार देख्ने गलत नजर बसेकोमा दुखेसो पोखाउनु भयो । उनका अनुसार सबै जातजातिले गाउने गित राष्ट्रको सम्पत्ति र गाउने गायक गायिका राष्ट्रिय कलाकार मान्नु पर्ने भनाइ राख्नु भयो ।

यस गितको अडियो तर्फ शब्द, संगित, एरेन्ज अनि स्वर विश्व दोङकै रहेको छ । उनलाई स्वरमा साथ नव गायिका तबु वाईबाले दिएकी छन् । गितको मिक्सिङ दिपेश प्रधानको रहेको छ भने सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । अभि लामाको निर्देशनमा बनेको भिडियोको छायांकन, ड्रोन फरज अर्पनको रहेको छ ।

समग्रमा गित र भिडियो उत्कृष्ट बनेको छ । भिडियो फ्रेमिङ, कलरिङ देखि लेकेसन भिडियोको राम्रो पक्षको रुपमा लिन सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार