तामाङ प्रेम गित मायाला कसममा अमिर दोङ संग डेब्यु गरिन मिङमारले

  प्रीतम कुमार तामाङ

काठमाडौं
पछिल्लो समय तामाङ गित संगीतका पारखी श्रोता दर्शक माझ तामाङ प्रेम गितहरुले छुट्टै स्थान लिइरहेका छन् । यस क्षेत्रमा लागिरहेका कलाकारहरुले नयाँ नयाँ गित अनि भिडियो बजारमा ल्याइरहेको सन्दर्भमा बिल्कुलै नयाँ प्रेम गित “मायाला कसम” एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो ।

विशाल काल्तानको शब्द, संगित अनि स्वरमा सजिएको यस गितमा उनलाई जितु लोप्चनले साथ दिएकी छन् । उर्गेन दोङले एरेन्ज गरिएको गितलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् । यो गितको सार्वजनिक संगै काल्तानको उत्कृष्ट प्रेम गितहरुको सुचीमा पुनः अर्को एक प्रेम गित थपिएको छ । उनले कार्यक्रममा बोल्नु हुँदै तामाङहरुले पनि चोखो माया गर्छन् भन्ने देखाउन प्रेम गित गाउने गरेको सुनाए ।

त्यस्तै भिडियो तर्फ निर्देशन तामाङ चलचित्र जगतका चर्चित नायक अमिर दोङको रहेको छ । भिडियोमा दोङ आफैंले अभिनय गरेका छन् । म्युजिक भिडियोको दुनियाँमा नयाँ अनुहार मिङमार लामाले डेब्यु गरेकी छन् । समग्र भिडियो हेर्दा लामाको सुन्दर रुप र आशा लाग्दो अभिनयले उनी ग्ल्यामर क्षेत्रमा जम्ने बाटो खुलेको देखिन्छ । सुमन तामाङले छायांकन गरिएको भिडियोलाई राजु तामाङले सम्पादन र कलरिङ गरिएको हो ।

सार्वजनिक कार्यक्रमको प्रमुख अतिथिको रुपमा तामाङ कलाकार संघको अध्यक्ष संजिव वाइबाको उपस्तिथि थियो । त्यस्तै कार्यक्रमको सभापतित्व अमिर दोङले गर्नुभएको थियो ।

पूरा भिडियो ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार