जुगलमा दुई सन्तानकी आमा माथी सामुहिक बलात्कार, बलात्कारी फरार 

घटना मिलाउन बलात्कार आरोपितको बुबाद्वारा पिडितका श्रीमानलाई १० लाखको अफर

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
पछिल्लो समय सामुहिक बलात्कारको घटना दिनकै घटिरहेकै बेला फेरि अर्को घटना सार्वजनिक भएको छ। घटना गएको १५ गते राती सिन्धुपाल्चोक जुगल गाउँ पालिकामा घटेको हो। जुन घटना ५ दिन पछि सार्वजनिक भएको छ।

जुगल गाउँपालिका तेम्बाथानकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ। महिला माथी गत असोज १५ गते राति चार जना पुरुषहरुले सामुहिक बलात्कार गरेको हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जुगलको मञ्जेमा १५ गते राति बोलेरोभित्रै चार जना पुरुषले महिलामाथि सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए । प्रहरीका अनुसार चारैजनाले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए ।

पीडितका आफन्त स्थानीय तेन्जिङ शेर्पाका अनुसार जुगल तेम्बाथानबाट १५ गते ती महिला परिवार नियोजनको सुई लगाउन जलविरे आएकी थिइन् । जलविरेबाट घर फर्कदाँ उनले कातिकेमा खाजा खाइन् । साँझ परिसकेकाले कातिकेमै बास पाइन्छ कि भनेर बुझ्दा त्यता उनले बास पाइनन् । कोरोना संक्रमणको त्रासका कारण भन्दै कातिकेमा बास नपाएपछि उनी मञ्जेमा बास बस्ने भन्दै त्यतै लागिन् ।

दुई सन्तानकी आमा समेत रहेकी ती महिला कुचुती भन्ने ठाउँमा पुगेपछि मोटरसाइकलमा आएका दुई जनाले उनलाई जबरजस्ती मोटरसाइकलमा राखे । त्यतिबेला साँझको साढे सात जति भएको थियो । पछाडिको मानिसले मुख थुनेको हुनाले उनी केही बोल्नै सकिनन् । एकैछिनमा उनी बेहोस भइन् । जब उनी होसमा आइन् रातको ११ जति बजेको थियो । र उनी एउटा बोलेरोभित्र नागैं पाइन् । उनका अगाडि आफनै गाउँका चिनेका दुई जना पुरुष थिए । उनी रोइन कराइन् । मध्यरात भएकाले कोहीले उनको चित्कार सुनेनन् । बलात्कारमा संलग्नहरुले मुख थुन्दै यो कुरा कही नभन्ने र भनेमा मारेर खोलामा हालिदिने धम्की दिए । उनी हतार हतार लुगा लगाएर घरतर्फ लागिन् । ती बलात्कारीहरुले नै उनले गाउँमा केही भन्लिन भन्दै ललाइ फकाइ गरेर केही माथिसम्म पुर्याएका समेत थिए । उनले चिनेका दुई पुरुष गोञ्जे गाउँका र गोन्डेगाउँका थिए ।

पीडित महिलाको आफन्तका अनुसार बलात्कारमा संलग्न दुईमध्ये एक दिलीप सापकोटा केही महिना अघि मात्रै दुबइबाट गाउँ आएका थिए भने अर्का कैलाश नेपाली गाउँमै बस्थे । घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको डीएसपी सापकोटाले जानकारी दिए । घटनामा संलग्न चारैजना फरार छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ । पीडित महिला मानसिक रुपमा निकै विक्षिप्त भएको डीएसपी सापकोटाले बताए । अहिले उनी प्रहरीको संरक्षणमा छिन् । पीडित महिलाको एक छोरा र एक छोरी छन् । पीडितका आफन्तका अनुसार बलात्कार आरोपी सापकोटाका बुबाले १० लाखमा घटना मिलाउने भन्दै पीडितका श्रीमानलाई दबाब दिएको खुल्न आएको छ ।  • साभार सिन्धु खबर

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार