सिन्धुका १ काँग्रेस नेतालाई कोरोना, बाह्रबिसे सुनसान

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकका एक नेतामा कोरोना भएको पुष्टि भएको छ । उहाँ काँग्रेस नेता रहेको बुझिन आएको छ ।
राजधानी स्थित बि एण्ड बि अस्पतालमा गरिएको स्वाब पिसिआर गर्दा पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् । परिक्षणको रिपोर्ट हिजो आएको थियो । रिपोर्ट पोजिटिभ आएका नेतालाई खोकी लागेपछी अस्पताल पुगेका थिए ।

त्यस्तै टिचिङ महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको बाह्रबिसेका भनिएका एक पुरुषमा दहसंस्कार पश्चात् कोरोना पोजिटिभ आएको विषयले सिन्धुवासि र बिशेष गरि बाह्रबिसे नगरमा ठूलो असर परेको छ । कारण मृतक पुरुषको मलामीका लागि हजारौं पुगेका थिए। यसरी दहसंस्कार गरेको हप्ता पछि आएको पोजिटिभ रिपोर्टका कारण बाह्रबिसे बजारबासि त्रसित बनेका छन्। यो रिपोर्ट पश्चात् नगरले संभावित संक्रमणलाई ध्यानमा राखेर सिल गरेका छन्। जसले गर्दा बजार क्षेत्र सुनसान बनेको छ। स्थानीयलाई बाहिर निस्किन पुर्ण रुपमा बन्देज लगाएका छन्।

यो समचार संकलन गर्ने समय सम्ममा जिल्लामा ७७ जनालाई कोरोना संक्रमण भएको र ती मध्ये हाल ३ जना आइसोलेसनमा रहेको जनस्वास्थ्य कार्यालय चौताराले जानकारी दिएका छन्। संक्रमित मध्ये हाल सम्ममा ३ को मृत्यु भएको छ भनें ७१ जना उपचार पश्चात् निको भएर घर फर्किसकेका छन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार