पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमै PCR मेशिन उपलब्ध गराउने । Janmabhumi Post

सरकारको गैरजिम्मेवारपुर्ण रवैयाले अब कोरोना रोकथाम नहुने निश्चित छ

  प्रीतम कुमार तामाङ

काठमाडौं
बिश्वमा फैलिरहेको कोरोना महामारीमा समेत आफ्नो भन्दा जनताको स्वास्थ्यको धेरै ख्याल राख्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो जिल्ला वासी जनताहरुको PCR टेष्ट गर्ने मेशिन नै उपलब्ध गराउने बचनबद्दता गर्नुभएको छ । उहाँले एक पत्र सार्वजनिक गराउँदै भुसको आगो सल्के झैँ तिब्र रुपमा संक्रमित बढ्दै गएको अवस्थामा सरकारले कुनै पनि आवश्यक कदम चाल्न नसक्नु नेपाल र नेपाली जनताको लागि दुर्भाग्यपुर्ण भएको उल्लेख गर्नुभएको छ । नेपालमा कोभिड संक्रमण देखिएको आधा वर्ष हुनै लाग्दा एक तिहाई जिल्लाहरुमा समेत PCR टेष्ट गराउन नसक्नु विडम्बना भएको बताए । पत्रमा बिदेशबाट नेपाल आएकाहरुलाई उचित क्वारेन्टाइन, छिटोछरितो टेस्ट, कन्ट्राय्कट ट्रेसिङ, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन नसक्नु, स्वास्थ्य सामाग्री खरिदमा सुरु देखि भ्रष्टाचारको गन्ध आउनुले नसोचेको तरिकाले कोरोना संक्रमण बढ्दै गएको उल्लेखित छ ।

सरकारको नेतृत्वहरुको हाँस्यस्पद रवैयाबाट उक्त समस्याको कुनै समाधान नरहेकोले जनस्तरबाटै यसको रोकथाममा लाग्नु पर्ने स्थिती देखिएकोले सिन्धुपाल्चोक क्षेत्र नं. १ स्थित बाह्रबिसे अस्पतालमा अत्याधुनिक  PCR टेस्ट मेशिन उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँका अनुसार आफ्नै जिल्लामा कोरोनाको परिक्षण गराउन चहानुभएमा छिटै यो सेवा उपलब्ध हुने उहाँले जानकारी दिनुभएको छ ।

यश अघि लकडाउनको भोलि पल्ट देखि नै नेता बस्नेत सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्र देखि जनताको घरदैलोमा पुगेर कोरोना प्रतिरोधी PPE, मास्क, ग्लोब्स, सेनिटाईजर आदि स्वास्थ्यकर्मी देखि प्रहरी, पत्रकारहरुलाई बितरणमा व्यस्त हुनुभएको थियो । त्यस्तै जिल्लामा कार्यरत ६ सय १३ जना स्वास्थ्यकर्मीहरुको कोरोना बिमा गरेर देशै भरी चर्चामा आउनुभएको थियो । अब जिल्लाका पत्रकार, सुरक्षाकर्मीहरुको समेत बिमा गराईदिने उद्धाघोष गरिसक्नुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार