ज्याम्याङ गोलेको सम्झनामा विद्वत प्रवचन, प्रतिष्ठानको तेस्रो स्थापना दिवस भव्य रूपमा मनाइयो

काठमाडौं तामाङ अध्ययन प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा “ज्याम्याङ गोले वार्षिक विद्वत प्रवचन” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व अध्यक्ष डा. मुक्तसिंह लामाले गरेका थिए भने प्रमुख अतिथि डा. गणेश योञ्जन र प्रमुख वक्ता डा. बेन क्याम्बेल रहेका थिए। डा. क्याम्बेलले ३५ वर्षको अनुसन्धान अनु...