ज्याम्याङ गोलेको सम्झनामा विद्वत प्रवचन, प्रतिष्ठानको तेस्रो स्थापना दिवस भव्य रूपमा मनाइयो

तामाङ अध्ययन प्रतिष्ठानको वार्षिक विद्वत प्रवचन सम्पन्न

  प्रितम कुमार तामाङ

काठमाडौं

तामाङ अध्ययन प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा “ज्याम्याङ गोले वार्षिक विद्वत प्रवचन” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व अध्यक्ष डा. मुक्तसिंह लामाले गरेका थिए भने प्रमुख अतिथि डा. गणेश योञ्जन र प्रमुख वक्ता डा. बेन क्याम्बेल रहेका थिए।

डा. क्याम्बेलले ३५ वर्षको अनुसन्धान अनुभव सुनाउँदै तामाङ समुदायका परम्परागत जीवनशैलीमा पर्यावरणीय संकट, विश्वव्यापी अर्थतन्त्र, नगदे बाली, वैदेशिक रोजगारीजस्ता कारणले गम्भीर असर पारेको बताए। परम्परागत ज्ञान र आधुनिक प्रविधिबीच सन्तुलन आवश्यक रहेको उनले बताए।

कार्यक्रममा तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अन्त्यमा डा. क्याम्बेललाई फेटा र डम्फु प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रमपछि अन्तर्क्रियात्मक सत्र समेत सम्पन्न भएको थियो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार