काठमाडौं
नेकपा एमालेले पार्टीको विरुद्ध अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री समेत रहनुभएका केपि शर्मा वलीको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
विज्ञप्तिमा पार्टीको स्थायी कमिटी सदस्य बिन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिमल्सिना, पुर्व उपाध्यक्ष तथा केन्द्रिय सल्लाहकार परिषद सदस्य भिम रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको जनाएको छ ।
त्यस्तै पार्टी श्रोतका अनुसार दानमा पाएको जग्गा लिने विषयमा समेत छलफल भएको बताइन्छ ।














